लमजुङको भुलभुलेमा पहिलो औपचारिक अन्तरजातीय विवाह

गुरुङ समुदायको बाक्लो वस्ती रहेको लमजुङको भुलभुले गाउँमा पहिलो पटक औपचारिक रुपमा अन्तर्जातीय विवाह सम्पन्न भएको छ ।

आईतबार , ११ फागुन २०७० लमजुङ निवासी सभासद जमिन्द्रमान घलेले आफ्नी एक्ली छोरी गिताको विवाह विरगञ्जका आशिष अधिकारीसँग गरिदिएका छन् । घले दम्पतीले औपचारिक समारोह गरी कन्यादान गरेपछि यो गाउँकै पहिलो औपचारिक अन्तरजातीय विवाह बन्न पुगेको छ । 

यसअघि अन्तर्जातीय विवाह हुने गरे पनि ती विवाहलाई परिवार र समाजले औपचारिकता भने दिएको छैन । कतिपय जोडी अझै घर पस्न समेत पाएका छैनन् । गुरुड र बाहुन समुदायको दुवैको चलन अनुसार मिश्रित विवाह संस्कार गरिएको हो । “कसैले राम्रो त कसैले अनौठो माने,” बेहुलीकी आमा कमला घलेले भनिन्, “छोरीले मन पराई, उसको चाहना हामीले स्वीकार गर्यौं ।”

लमजुड क्षेत्र नम्बर १ बाट सभासदमा निर्वाचित एमाले नेता घलेका छोरी ज्वाइँ दुवै दुवईमा काम गर्छन् । होटल म्यानेजमेन्टमा स्नातक गीता र आशिष दुवैको कलेज पढ्दादेखिको प्रेमलाई दुवैपक्षका परिवारले सहजै स्वीकार गरिदिएका छन् ।

Source :- Himal Khabar Patrika

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता