अनिश खालिङको परिवारलाई मातृभूमिका लागि युवा अभियानद्वारा सहयोग रकम प्रदान



कल्पना दंगाल / काठमाडौ, फाल्गुन ३० गते ।  संखुवासभाका  अनिश खालिङ राईलाई दुवईको अदालतले मृत्यु दण्डको सुनाएपछी उनलाई बचाउन आवश्यक ब्लड मनी करिब २ करोड रुपैयाँ उठेको  छ ।
अनिशलाई बचाउन  शुक्रबार मातृभुमिका लागी युवा अभियान इटालिद्वारा  सहयोग रकम १ लाख ६ हजार रुपैयाँ खालिङकी पत्नी रविता राईलाई हस्तान्तरण गरेको छ । पत्रकार सम्मेलन गरी बोष्टर मिडियाको हलबाट उक्त रकम हस्तान्तरण गरिएको हो  । प्रमुख अतिथि पूर्व मन्त्री हृदयेश त्रिपाठी तथा विशिष्ट अतिथि डा। स्वामी विकाशानन्दको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो । 
यो समेत गरी करिब २ करोड  रुपैयाँ  संकलन भएको छ, रकम बुझेपछि अनिशका श्रीमतीले सहयोगिप्रति कृतज्ञता ज्ञापन गरेकी छन् ।आवश्यक रकम संकलन भइसकेकोले अब नेपाल सरकारको तर्फबाट अनिशलाई सकुशल स्वदेश फर्काउन पहल हुनुपर्ने अनिशकी श्रीमतीले बताएकी छन् । रकम जम्मा भए पनि छुट्नुहुन्छ हुन्न कहिले फर्किनुहोला भन्ने चिन्ताले अझै मन ढुक्क भएको छैन,भन्दै श्रीमती राई भावुक भएकी थिइन   । इटालीबाट सहयोग रकम लिएर आएका डि।आर लामिछानेले सहयोगिहरुको नामावली पढेर सुनाउदै आगामी दिनमा पनि यस्ता सहयोग गर्ने प्रतिबद्धता जनाउदै मातृभुमिका लागी युवा अभियानको स्थापना यस्तै कार्यका लागी भएको ध्यानाकर्षण गराउनुभयो  । अन्य केन्द्रिय सदस्यहरुले पनि आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व मन्त्री हृदयेश त्रिपाठीले रेमिटेन्सले नेपाल चलेको तर सरकार यस्ता विषयमा उदासिन देखिएकोमा जोड दिनुभयो । उहाँले वैदेशिक विभागको कोषमा अरबौ रकम रहेको तर त्यसको सदुपयोग हुन नसकेको तितो यथार्थलाई पनि स्पष्ट पानुएभयो । विशिष्ट अतिथि डा।स्वामी विकाशानन्दले पनि हरेक विदेशिने युवाको यो साझा समस्या भएको हुँदा उनीहरुको सहयोगका लागी कोषको स्थापना हुनु सकारात्मक कुरा भएको बताउनुभयो । 
 अनिश फर्काइसकेपछि खर्च भएर बाचेको रकम अनिशजस्तै विदेशमा संकटमा पर्ने नेपालीहरुको सहयोगका लागि खर्च गरिने छ । त्यसको प्रक्रियाहरुको बारेमा सबै सहयोगदाताको सल्लाह लिइने छ । विदेशमा मृत्यदण्ड पाएका एक जना नेपालीको ज्यान बचाउन करिब दुई महिना अवधिभित्र यति धेरै रकम संकलन भएको हो । रकम संकलन भए पनि अनिशको रिहाईको टुङ्गो अझै लागेको छैन ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता