इजरायलमा कविता प्रतियोगिता, श्रीराम अधिकारी प्रथम चैत ०२, इजरायल
विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा इजरायलमा प्रतिष्पर्धात्मक खुल्ला कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।
कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाकी अक्ष्यक्ष काजल घिमिरेको सभापतित्वमा सम्पन्न् उक्त कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत महामहिम प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथि, नेपाली राजदुतावास इजरायलका काउन्सिलर तथा उपनियोग प्रमुख खड्क प्रसाद दाहाल तथा नेपालवाट आउनुभएकी रिना श्रेष्ठ अतिथी र इजरायलमा रहेका संघसंस्थाकाका प्रतिनिधीहरूको आतिथ्यता रहेका थिए ।
उक्त कार्यक्रममा सँस्थाकि सहसचिव सानु गुरूङ् स्वागत मन्तव्य दिदै सम्पूर्ण आगन्तुकहरूलार्इ स्वागत गर्नुभएको थियो भने सँस्थाकै बरिष्ठ उपाध्यक्ष श्री कृष्णकुमार रायमाझीले सँस्थाको स्थापना कालदेखि अहिलेसम्मका कार्यविधि प्रष्ट्याउनुभएको थियो ।
उक्त कार्यक्रममा १० जना साहित्य अनुरागीहरूले कविता वाचन गरेका थिए । प्रतिष्पर्धामा रहेका प्रतियोगीहरूको सही मुल्याङ्कनको लागि साहित्य फाँटमा कलम चलाउन सफल साहित्यप्रेमीहरू काउन्सिलर तथा उपनियोग प्रमुख खड्क प्रसाद , कृष्ण पक्ष (थापा ) , र हरी मानान्धर निर्णायकको रूपमा रहेका थिए ।
“किन रोईरहेछिन् जननी” र ” म अनि मेरो देश ” नामक कविता प्रतियोगितामा कलम चलाउदै प्रतियोगितामा भाग लिने प्रतियोगीहरूमा श्री राम अधिकारी ,मिरा मन थापा , सुमन कार्की , लक्ष्मी अधिकारी , उषा न्यौपाने , राज्यवती त्रिपाठी , कल्पना पौडेल, लिला सीटौला, इंदिरा अधिकारी, शान्ती पाख्रिन , बिजे बद्रोही रार्इ र निर्मला खड्का रहेका थिए ।
त्यस्तै कार्यक्रममा राजकुमारी ओली, सावि पाठक निशा खनाल (अर्याल) लगायतका केहि श्रष्टाहरूको अप्रतियोगी कविता पनि बाचन गरिएको थियो भने कार्यक्रममा मीना वान्तवाको गीत र कमल पोख्रेलजीको बाँसुरीको धुनमा श्रोताहरू नतमस्तक बनेर सुनिरहेका थिए ।
प्रतियोगीहरूको प्रतिष्प्रर्धालाई मध्यनजर गर्दै निर्णायक मन्डलले कविताको शव्द ,रचना तथा वाचन शैली हेरि प्रथम श्रीराम अधिकारी , द्वितिय मिरामन थापा र तृतियमा सुमन कार्कीलाई घोषणा गरेको थियो । प्रथम ,द्वितिय र तृतिय तिनै जनालाई विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले विश्व नेपाली साहित्य महासंघको लोगो अंकित ट्रफी र प्रसंसा पत्र पुरस्कार स्वरूप प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा मनोरन्जन दिने क्रममा अर्जुन जयसवालले गौतम वुद्द , सिता र सगरमाथाको देशको वारेमा वर्णन गर्दै निकै मार्मिक नाटक, प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी महामहिम प्रसाईले नेपाल र नेपालीको शिर उचो हुने गरि छानिएको कविताको शिर्षक अनी नेपाली साहित्यप्रेमीहरूका लागि राखिएको सो प्रतियोगिताले आफुलाई निकै खुसी लागेको वताउदै आयोजकलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
त्यसैगरि निर्णायक मंडलमा रहेका काउन्सिलर तथा उपनियोग प्रमुख खड्क प्रसाद र कृष्ण पक्ष (थापा ) ले आ- आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमको अन्त्यमा उक्त कार्यक्रमकि सभापति, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाकी अध्यक्ष काजल घिमिरेले सहभागी तथा उपस्थित संम्पुर्णमा हार्दिक आभार प्रकट गर्दै कार्यक्रम सफल वनाउन सहयोग गर्नुहुनेहरू सवैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
सुनिता (यासिन) राई र दिपेन्द्र थापाले संयुक्त रूपमा सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता