मणिचोर कृष्ण र दिलशोभा

1044



कृष्णलाई मणि चोरेको आरोप लागेको थियो रे, उनले चतुर्थीको चन्द्रमालाई हेर्दा। कृष्णले अनेक पुरुषार्थ गरेर आफूलाई लागेको आरोप गलत रहेछ भनेर सिद्ध गरे। त्यो बेलामा फेसबुक, इमेल, ट्विटर आदि समाजिक सञ्जाल भएको भए कृष्णले शायद यी सबै प्रयोग गर्थे र आरोप झुटो हो भनेर भन्थे होलान्। पौराणिककालमा यी सञ्जाल थिएनन्, त्यसैले कृष्णले आफ्नो बाहुबलले नै लडेर, मणिचोर पत्ता लगाएर जुन राजाको हो उनैलाई दिए। उनी चोरीको आरोपबाट मुक्त भए तर आरोप रहुन्जेलसम्म उनी कति मानसिक रुपमा प्रताडित भए होलान्? 
 
अहिले यौनदुराचारको आरोपमा दिलशोभा प्रताडित भएकी छिन्। मानसिक रुपमा र प्रत्येक चोटी फोनमा कुरा गर्दा उनी भक्कानिन्छिन्, ‘नगरेको दोष मलाई लाग्यो।’ अहिले विभिन्न पत्रपत्रिका र टिभीमा आएको समाचारले उनका सहयोगी हातहरु प्नि रोकिए। ‘बूढीआमालाई दूध ख्वाउन पैसा छैन, हरियो तरकारी पनि खान पाएका छैनन, हरियो तरकारी ल्याइदिनु भए हुन्छ, आलु त मलाई एक हप्तालाई पुग्ने छ,’ मैले दिलशोभालाई फोन गरेर सोद्धा उनले भनिन्। ‘चामल पनि एक हप्तालाई पुग्ने छ, तपाईले बोरा ल्याएर राख्नु भयो भने पनि राख्ने ठाउँ छैन।’ उनले एक हप्ताको खानेकुरा छ, पछि ल्याइदिनुस् भनेको सुन्दा मलाई लाग्यो उनलाई आफ्नो कामप्रति विश्वास छ र सहयोगी हातहरुप्रति पनि अझै विश्वास।
 
त्यसैले एकैचोटि धेरै जम्मा गरेर राख्न चाहन्नन् र साँच्ची नै उनीकहाँ बोराबोरा चामल राख्न पनि ठाउँ छैन। अहिले केही पत्रपत्रिकामा दिलशोभालाई आरोप लागेको मात्र होइन, मानौं दोषी नै ठहर भइसकिन्जस्तै गरेर लेखिएको छ। यसले गर्दा सामाजिक काममा लागेकाहरुलाई मनमा दुःख छ र चिन्ता पनि लागेको छ, कतै अलिकति अगाडि आउनेबित्तिकै हामीलाई पनि यस्तै आरोप लगाइदिने कि? ‘दिलशोभाले हिसाबकिताब राख्न जानिनन् रे, दिलशोभाले बच्चालाई माया दिइन् तर मासु, दूध, दही भात ख्वाएर मोटो बनाउन सकिनन्। उनले बच्चाहरुले चकचक गर्दा झपारिन् पनि रे।’ 
 
तर, के यस्ता कामहरु गर्दैमा दिलशोभामाथि बच्चालाई मानसिक यातना दिएको, प्रताडना गरेको र त्योभन्दा पनि डरलाग्दो एउटा फोन रिकर्डको भरमा यौन दुराचार आरोप लगाइदिनु ठीक हो र? 
 
अदालतले न्यायिक कठघरामा उभ्याएर उनलाई ‘दोषी’ त सिद्ध गरेको छैन। उनको घरबाट लगेका बच्चाहरु बिरामी देखिए भन्दैमा उनलाई “यौन दुराचार” को आरोप लगाइहाल्न पनि सकिन्न नि। उनले बालबालिका राख्न कानुन पालना गर्न सकेकी थिइनन् भने, कानुन उल्लङ्घन गरेको आरोप लगाउनु एउटा कुरा हो तर यौनसम्बन्धी मामला भनेर आरोप नै लगाइदिनु पनि गलत हो, यसरी आरोप लगाउँदा त ‘कलम’ को गलत प्रयोग भएको देखिन्छ कि? दिलशोभाकहाँ सेक्रेटरी छैनन्, त्यसैले उनलाई फोन गर्दा उनी आफै उठाउँछिन् र केही प्रश्न गर्यो‍ भने सबै जवाफ दिन्छिन्।
 
फोनमा बोलेको मान्छे को हो, केको लागि प्रश्न गरेको भन्नेसम्म उनी सोद्धिनन्। ‘फूलको आँखामा फूल संसार काँडाको आँखामा काँडै संसार’ भनेझैँ उनी आफ्नो कामप्रति यति विश्वास गर्छिन् कि उनलाई कसैले गलत नियतले फोन गरेर, अन्तर्वार्ता लिएको शायद विचार नै आउँदैन होला। राम्रो काम गर्दागर्दै व्यवस्थापनमा केही कमजोरी हुन सक्छ, उनले सहयोग गर्ने मानिस राख्न नसकेको वा व्यवस्थापन गर्ने जिम्मा अरुलाई दिनु पर्छ भन्ने सोच नभएकाले पनि उनलाई केही समस्या परेको हुन सक्छ। यदि उनको हिसाब किताबमा केही समस्या थियो भने समाज कल्याण मन्त्रालयले प्रत्येक वर्ष हिसाब किताब र कार्यक्रमहरु हेर्दा केही पनि किन भनेन होला?
 
अहिलेचाँहि दिलशोभाले कम्प्युटर किनिन् भन्ने अर्को आरोप पनि छ। कुनै संस्था चलाउने मानिसले संस्थाको काम गर्दा सजिलो होस् भनेर कसैले दिएको सहयोग कम्प्युटर किन्नमा खर्च गरिन् त के भयो र? हुन सक्छ उनले कम्प्युटर नै किन्न सहयोग मागेकी थिइन् कि? वा कसैले कम्प्युटर नै किनेर दिएको थियो कि? वृद्धाहरुलाई राख्ने संस्थामा कम्प्युटर चाहिँदैन भनेर कसैले भन्न सक्छ र? उनले कुनै घोटाला गरेर कम्प्युटर किनेको भए, त्यही आरोप लगाउनु एउटा कुरा हो तर यौन दुराचारको आरोप लगाएर बारम्बार सामाजिक संजालमा लेखिनु, पत्रिकामा लेखिनु त पत्रकारिताको मर्यादा पनि होइन कि? बदमासी, डाका, यौन पिपासु, बलात्कारी, घोटाला, राजनीतिक बदमासीबारे पत्रपत्रिकाले लेखेर जनसमक्ष धेरै ज्ञान दिएका छन, साथै समाजमा भएका राम्रा कामहरुको बारेमा पनि लेखेर सबैलाई गुण लगाएका छन्।
 
समाज परिवर्तनमा पनि महत्वपूर्ण भूमिका खेलेका छन्। बोलेका कुराभन्दा प्राय हामीहरुले पत्रपत्रिकामा छापिएको पछिका कुराहरु सत्य हुन् भन्ने लाग्छ। कतिपय छापिएका कुराहरु ठीक होइन भन्ने थाहा भएपछि पत्रिकाहरुले सार्वजनिक रुपमा माफी पनि माग्छन् र त्यसले पत्रिकाको मर्यादा बढाउँछ नै तर कलमलाई अरुको मानमर्दन गर्ने हतियार बनाउनु हुदैन भन्ने तथ्य त पत्रकारहरुभन्दा बढी कमले बुझ्न सक्छ र? यदि दिलशोभाले यौन दुराचार गरेको प्रमाणित भयो भने अदालतले उनलाई त्यही अनुसारको सजाय दिने नै छ, होइन उनलाई लागेको यौन दुराचारको आरोप सिद्ध भएन भने अनि के त? पत्रिकाहरु र पत्रकारहरुले आफ्नो लेखनीको लागि क्षमा माग्लान् त? लौ, क्षमा मागे पनि दिलशोभालाई परेको मानसिक आघात यो आरोपले गर्दा उनलाई आउन बन्द भएको सहयोग आदिको परिपूर्ति कसरी गर्ने होला? कुनै रकम तिरेर यो भरपाई गर्न सकिन्छ र?
 
अहिले मिडियाप्रति नै जनविश्वास गुम्ने हो कि भन्ने डरले पनि सताउन थालेको छ हामीलाई । यसैले हामी मिडियालाई नै आग्रह पनि गनै चाहन्छौँ ,सत्य के हो बुझेर लेखिदिनुस्। आरोप लाग्दैमा दोषी ठहर हुँदैन भन्ने तथ्य पनि बुझिदिनुस्। यदि आरोप सिद्ध नै नभइकन दोषी मान्ने हो भने त कृष्ण पनि मणिचोर नै हुन् त आरोपको भरमा मात्रै उनलाई कृष्णलाई झैँ प्रताडित गरिरहने

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता