अस्ट्रेलियामा शुभाङ्गी धनगढीकी शुभाङ्गी कोइराला अस्ट्रेलियामा बसेर अध्ययनसँगै मोडलिङमा जमेकी छन्।

बुधबार , २१ फागुन २०७० ४:०३ पम
६ वर्षअघि नेपालमा रहँदा शुभाङ्गीले एउटा बीमा कम्पनीको विज्ञापन, दुइटा गीतमा मोडलिङ र चलचित्र तागत मा अभिनय गरेकी थिइन्। अध्ययनको सिलसिलामा अस्ट्रेलिया गएपछि पनि उनले नेपालीले बनाउने म्युजिक भिडियो, फिल्म र फेशन शोहरुमा सहभागी हुन छाडिनन्।
उनी भन्छिन्, “म्युजिक भिडियो र सिनेमा सूटिङका लागि नेपालबाटै आउनेले पनि मलाई खोज्ने गरेका छन्।”
राज के गोस्वानीको अरुको अँगालोमा, यो मन न मेरो न तिम्रो, दीपेशकिशोर भट्टराईको कसरी भनुँ म, राजेश केसीको मीठो आभास, अञ्जु पन्तको जीवनसाथी तिम्रो लगायतका गीतमा मोडलिङ गरेकी शुभाङ्गी अस्ट्रेलियामै लघु चलचित्र गर्लफ्रेन्ड मा नायिका बनेकी छन्।
अस्ट्रेलियामा अस्ट्रेलियनहरुले पनि मोडलिङको लागि अफर गरेको तर अनावश्यक रुपमा नाङ्गिनुपर्ने भएकोले काम नगरेको उनी बताउँछिन्। मिस नेपाल–अस्ट्रेलिया २०१२ की साइवर क्विन शुभाङ्गी भन्छिन्, “भविष्यमा राम्रो कलाकार बन्न चाहन्छु।”
 — at बाबुराम...

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता