कोइरालालाई डाक्न बेइजिङ आतुर बुधबार २१ फागुन, २०७०

Photo: कोइरालालाई डाक्न बेइजिङ आतुर
बुधबार २१ फागुन, २०७० 
हङकङ-चीनले प्रधानमन्त्री सुशील कोइरालालाई चाँडै चीन भ्रमणमा निम्त्याउने भएको छ। आगामी जेठमा कुनमिङमा हुने चीन–दक्षिण एसिया एक्स्पोमा सहभागी हुने गरी प्रधानमन्त्री कोइरालालाई चीन भ्रमणको औपचारिक निम्ता दिन युनान प्रान्तका गभर्नर ली जिहेङ दुई सातापछि नेपाल आउँदैछन्।

प्रधानमन्त्री भएपछि म्यानमारबाट विदेश भ्रमण थालेका कोइरालालाई भारतीय समकक्षी मनमोहन सिंहले सोमबार राजधानी न्यापिडमा भेटेका थिए।

चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्तीय सरकारको आयोजनामा २३–२७ जेठमा कुनमिङमा चीन–दक्षिण एसिया दोस्रो एक्स्पो हुँदैछ। चीन, दक्षिण र दक्षिण पूर्वी एसियाली देशहरू सहभागी हुने क्षेत्रीय एक्स्पोमा नेपाल 'विषय मुलुक' छनोट भएको छ।

एक्स्पो प्रवर्द्धन गर्न बेइजिङमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा युनानका गभर्नर लीले 'विषय मुलुकमा नेपाल छनोट भएको' घोषणा गरेपछि नेपाल सरकारले त्यसलाई स्वीकार गरेको राजदूत महेश मास्केले बताएका थिए। पाँचदिने क्षेत्रीय एक्स्पोमा 'विषय मुलुक' ले विशेष महŒव पाउनेछ।

बेइजिङमा नेपाली सभासद प्रतिनिधिमण्डलसँग बुधबार भेट्दा पनि चीनका उपविदेश मन्त्री लिउ झेनमिनले चाँडै उच्चस्तरीय राजनीतिक भ्रमण आयोजना गर्ने संकेत गरेका थिए। प्रतिनिधिमण्डलमा रहेका कांग्रेस सभासद तथा पूर्व परराष्ट्र सहायकमन्त्री रोमी गौचन थकालीले उपमन्त्री लिउलाई उद्धृत गर्दै भने, 'कुनमिङ एक्स्पोमा नेपालका राष्ट्रपति वा प्रधानमन्त्री सहभागी हुने गरी तयारी हुँदैछ।'

राजदूत मास्केका अनुसार एक्स्पोमा नेपालबाट राष्ट्रपति वा प्रधानमन्त्री सहभागी हुने अपेक्षा राखेको चीनले त्यसमा छलफल गर्न युनानका गभर्नर लीलाई दुई सातापछि नेपाल पठाउँदैछ। 'नेपालबाट उच्चस्तरीय भ्रमण गराउने चीनको तयारी छ,' गभर्नर लीले औपचारिक निमन्त्रणा दिने उल्लेख गर्दै मास्केले भने, 'राष्ट्रपति आउने कि प्रधानमन्त्री भन्ने नेपालको परिस्थितिमा भर पर्छ।'

अघिल्लो वर्ष पहिलो कुनमिङ एक्स्पोमा चीनले राष्ट्रपति रामवरण यादवलाई निमन्त्रणा गरेको थियो। चीनका नयाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने समय नमिलेपछि यादवको औपचारिक भ्रमण हुन पाएन। एक्स्पोमा सहभागी भएका उपराष्ट्रपति परमानन्द झाले बेइजिङ पुगेर चिनियाँ उपराष्ट्रपति ली युनचाओसँग भेटवार्ता गरेका थिए।

चार वर्षअघि तत्कालीन प्रधानमन्त्री माधव नेपालले चीन भ्रमण गरेका थिए। त्यसयता प्रधानमन्त्री बनेका झलनाथ खनाल र बाबुराम भट्टराईलाई त्यस्तो परिस्थिति मिलेन। सभासद प्रतिनिधिमण्डललाई संविधान निर्माणमा सहयोग गर्ने आश्वासन दिएको चीनले नयाँ प्रधानमन्त्रीलाई बेइजिङमै निम्त्याएर आर्थिक सहयोगको घोषणा गर्न चाहेकाले पनि बेइजिङको प्राथमिकतामा कोइराला परेको देखिन्छ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता