सुत्दा पनि 'मास्क’ ?

सर्लाही, फाल्गुन १४ - बाक्लै सवारी चल्ने मलंगवा-नवलपुर सडक छेउकै घडेरीमा रमेश काफ्लेले बनाएको घर अहिले उनलाई नै घाँडो भएको छ । सडकको पिच भत्केर ग्राभेल मात्र बाँकी रहेपछि सवारी गुड्दा उडेको धुलो छिरेर घरभित्र सुत्दा पनि 'मास्क' लगाउनुपर्छ ।
पूर्वपश्चिम राजमार्गबाट सदरमुकाम मलंगवा जोड्ने व्यस्त सडकमा रातदिन सवारी चाप छ । धुलोले सडक आसपासका घर ढाक्छ । धुलोकै कारण काफ्ले घर बेच्न ग्राहक खोज्दै छन् ।
'घरभित्र बस्दा पनि मास्क लगाउनुपर्छ', उनले भने, 'धुलोले गर्दा खान, बस्न, सुत्न नसक्ने अवस्था छ । घर बेच्न खोजेको, ग्राहक पाइँदैन ।' उनले धुलोकै कारण घरका एक सदस्य अटुट रूपमा बिरामी भइरहने गरेको बताए ।
जिल्लाकै सर्वाधिक व्यस्त उक्त सडक पिच भत्केर जीर्ण बनेको ७ वर्ष भइसक्दा पनि मर्मत भएको छैन । धुलोकै कारण आसपासका सबै घरधनी हैरान छन् । तीन वर्षअघि सडक पिच गर्न भारतीय सहयोगमा ठेक्का लागेपछि जिल्लावासी खुसी थिए । सडक बनाउने म्याद गुजारेर कामै नगरी कात्तिक अन्तिम साता ठेकेदार बेपत्ता भएपछि स्थानीय निराश छन् । बाटो बन्ने आशामा धुलो सहेर बसेका सडक छेउका अधिकांश घरधनी अहिले बेच्ने अवस्थामा पुगेका हुन् ।
'यसैगरी बस्दा रोगले थला पर्ने अवस्था छ', सडक छेउ घर भएका वृद्ध विलट अन्सारीले भने, 'घरमा बस्न नसक्ने भइसक्यौं । सडकमा धुलो उड्दैन भनेर जाडोमा पानी पर्दा समेत खुसी भयौं ।' धुलोका कारण प्रायः सबैले सडकपट्टकिो झ्याल नखोलेको वषर्ाै भइसक्यो । धुलो नियन्त्रण गर्न स्थानीयले सयौंपटक सडक जामसमेत गरिसकेका छन् ।
'सबैभन्दा समस्या साना बालबालिका र वृद्धवृद्धालाई भइरहेको छ', सडक किनार पसल भएका मलंगवा जिविस चोकका राजकुमार पण्डितले भने, 'केटाकेटीको त जीवन बर्बाद हुने अवस्था छ । बूढाबूढीमा श्वास प्रश्वासको ठूलो समस्या छ ।' 

प्रकाशित मिति: २०७० फाल्गुन १४ ११:१२
helth

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता