गर्भवती श्रीमतीलाई साथ दिऊँ"

"गर्भवती श्रीमतीलाई साथ दिऊँ"

मधु शाही                

पेट दुखाइलाई बेवास्ता गर्दै उनी घरधन्दामा लागिन् । दैनिकी अनुरुप खाना पकाएर श्रीमान एवं सासूलाई पस्किन् । दोजिया शरीरले गर्दा उनलाई अगाडि राखिएको भोजनको थाल हेर्न पनि धौधौ परेको थियो । सुनिता लुइँटेल (नाम परिवर्तन) अचम्मको अवस्थाबाट गुजि्ररहेकी थिइन् ।

'गर्भको शिशुका लागि भए पनि खानैपर्‍यो', उनले भनिन् । शारीरिक पीडा थपिँदै थियो । ९ महिना पुरा हुनमात्र १० दिन बाँकी थियो । शिशु जन्मिने दिन नजिकिँदै जाँदासमेत उनी घरायसी कर्तव्यबाट विमुख भइनन् । उनी कोटेश्वरबाट बुद्धनगर सिलाइ पसल खोल्न दमाहजत्रो पेट लिएर हिँड्दै आउँथिन् ।

ग्राहकलाई मुस्कानसाथ स्वागत गर्थिन् । श्रीमान सँगै हुन्थे । तर उनलाई बिहे गरेको तीन महिनामात्रै श्रीमानको हात समाउँदै हिँडेको सम्झना छ । 'म पनि जाउँ भन्दिन' उनले भनिन्, 'यस्तो अवस्थामा उहाँले आफैले महसुस गर्नुपर्ने हो ।' नियमित गर्भ परीक्षणका लागि उनी एक्लै थापाथलीस्थित प्रसूतिगृह आवत-जावत गर्थिन् ।

महिनावारी रोकिएपछि बच्चा बसेको भन्नेमात्रै श्रीमानलाई थाहा छ । तर बच्चाको अवस्था कस्तो छ, श्रीमतीको स्वास्थ्य कस्तो छ ? उनलाई जानकारी थिएन । स्वाभिमानी सुनिता समाजको चलन यस्तै हो भनेर मन बुझाउँथिन् । शिशु जन्मिने दिन आउन जम्मा ५ दिनमात्रै बाँकी

थियो । त्यो दिन पनि सुनिताले सदाझैं घरेलु काम हाँसेरै सकाइन् । पसल जान ठिक्क परेकी उनले त्यो काम भने पुरा गर्न सकिनन् । गर्भ पीडाले उनी कसैलाई नभनी प्रसूतिगृह पुगिन् । चिकित्सकले स्वास्थ्य परीक्षण गरे । 'तपाईको तीन घर खुलिसकेको छ', डाक्टरले भने, 'खै तपाईको

श्रीमान ?' सुनिताले निर्दोष भावमा झुटो जवाफ दिइन्, 'काममा व्यस्त हुनुभा छ ।' अरु आफन्त ? 'आउनुभा छैन ।'

डाक्टरले भने, 'तपाईको आफन्तलाई बोलाउनुस् ।' भर्ना गरिएकी सुनिताले सासूको नम्बर डायल

गरिन् । बेथाले च्याप्दै गएपछि उनले केही थाहा पाइनन् । ४ महिनाको फूलजस्तै छोरो काखमा खेलाइरहेकी सुनिता अहिले भने त्यो क्षण सम्झेर भावुक हुन्छिन् । उनीजस्तै अस्पतालमा गर्भ जाँच गराउन आउने महिलाहरूको दिनहुँ घुइँचो हुन्छ । पृथ्वीजस्तो पेट लिएर लाइनमा बस्ने महिलामात्रै हुन्छन् । सुनिताजस्तै उनीहरूको पीडा पनि साझा छ । मानौ महिलाले बच्चा जन्माएपछि हेरचार गर्ने दायित्व पनि उनीहरूकै हो । प्रसूतिगृहमा पाँच महिनाको गर्भ जाँच गर्न आएकी पुलचोककी गोपिनी भुसालले श्रीमानलाई तीन पटकसम्म संगै ल्याउने प्रयास गरिन्, 'यस्ता सानातिना काममा नअल्झाउ न' भन्दै श्रीमानले वचन लगाएपछि उनको मन अमिलियो । ७ महिनाको गर्भ जाँच

गर्न आएकी शंखमूलकी बालकुमारी तामाङले साथीको नाममा ४ वर्षिय नाबालक आफ्नै

जेठी छोरी ल्याएकी थिइन् । घरमा सासू, ससुरा, देवर र श्रीमान पनि छन् । तर उनका लागि जेठी छोरीमात्रै सहयोगी लाग्छ । 'यो नानीको पालामा पनि लोग्ने कहिल्यै जाँचमा आएनन्', उनले

सरल शैलीमा भनिन्, 'बानी थाहा छँदैछ, त्यसैले आस लाग्दैन ।'

कान्तिपुर राष्ट्रिय दैनिकमा शुक्रबार 'सुत्केरी हुँदा श्रीमान अनिवार्य भन्ने' शीर्षकको समाचार छापिएको छ । बैतडीका स्वास्थ्य संस्थाहरूमा यस्तो नियम बनाइएको हो । श्रीमतीको स्वास्थ्य जानकारी गराउन नजिकको व्यक्ति श्रीमानलाई महत्त्व दिनका लागि त्यहाँका अस्पतालले ढिलै भए पनि नियम बनाउनु प्रशंसनीय र उदाहरणीय हो । काठमाडौं लगायत सहरी क्षेत्रमा पनि यस्तो नीति बनाउनुपर्ने आवश्यकता छ ।

थापाथलीस्थित प्रसूतिगृहकी डा. देवी गुरुङ २५ प्रतिशत गर्भवती महिलामात्रै श्रीमान संग जाँच गराउन आएको अनुभव सुनाउँछिन् । अरु ७५ प्रतिशत महिला कोही एक्लै त कोही छिमेकी र नातेदार साथी लिएर आउने गरेको बताइन् । डा. देवीले कतिपय गम्भीर समस्या आउने भएकाले श्रीमानलाई नै जानकारी गराउनुपर्ने अवस्था आउने गरेको सुनाइन् । 'प्रायःले श्रीमान व्यस्त हुनुहन्छ' भन्ने बनावटी जवाफ दिने गरेको उनले बताइन् । 'केही असल पुरुष पनि छन्', उनले भनिन्, 'संगै आएर गर्भ र श्रीमतीको अवस्था बुझ्ने गर्छन् ।' कुनै गर्भवती महिलाको पाठेघरमा घाउ हुने जस्ता जटिल समस्या पनि देखिएका हुन्छन् । त्यसबेला अरुलाई भन्दा श्रीमानलाई जानकारी हुनु आवश्यक हुने डा. देवीले सुनाइन् । सुरक्षित यौनसम्पर्क र गर्भावस्थाबारे महिलालाई जति जान्नु आवश्यक पर्छ, त्यति नै पुरुषलाई पनि आवश्यक हुन्छ । तर समाजको संरचना र परम्परागत संकुचित सोचले गर्दा गर्भवती श्रीमतीले श्रीमानको साथ पाउन गाह्रो परेको डा. देवीको बुझाइ छ ।

श्रीमान-श्रीमती एकै रथका दुई पांग्रा, एक सिक्काका दुवै पाटा, आधा आकाश आधा धर्ती अनेक प्रतिविम्बले सम्बोधन गरिए तापनि अझै नारीले त्यसको अनुभूति गर्नपाएका छैनन् । सन्तान उत्पादन क्षमता महिलामा हुन्छ । त्यो प्रकृतिको नियम हो । तर त्यही प्रक्रिया ग्रहण गर्न नसके पनि एउटा जीवन साथीले केही सहयोगी भूमिका त खेल्न सक्छ । अचानोको पीडा खुकुरीलाई के थाहा भनेजस्तै हाम्रो समाजमा अझै पनि महिलाको भावना र पीडा नजिकबाट बुझ्न चाहने पुरुष जमातको कमी छ ।

सन्तान उत्पादनमा पुरुष र महिला दुवैको सक्रियता हुन्छ । गर्भ भइसकेपछि आफ्नो श्रीमती र बच्चाको अवस्था के कस्तो छ भनेर बुझ्नु पनि एउटा असल र सभ्य श्रीमानको दायित्व हो । बच्चा जन्मिएपछि मात्रै खान-लाउन र पालनपोषण गर्नुले मात्रै लोग्नेको भूमिका पूर्ण हुँदैन । महिला र पुरुष एकअर्काका परिपूरक हुन् भने एकअर्काको हरेक अवस्थामा मिलेर साथ दिनु जरुरी छ । एकअर्कालाई साथ दिने प्रयास गरौं र समाजको असल दाम्पत्यको नमुना बनौं ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता