एकै कक्षामा २४ जोडी जुम्ल्याहा, शिक्षक पनि झुक्किए
जुम्ल्याहा बच्चा समान्यतः एक अर्कामा धेरै मिल्दोजुल्दो हुन्छन् र उनीहरुलाई छुट्याउन गाह्रो हुन्छ । यदि ट्विन्सको जोडी एक दुई होइन् २४ जोडी एकै ठाउँमा जम्मा गरियो भने चिन्न कति गाह्रो होला ?
यस्तै अवस्था अमेरिकाको एक स्कुलमा भएको छ । इलेनोइस मिडिल स्कुल ट्विन्स बच्चाहरुकै कारण चर्चित समेत भएको छ । यो स्कुलको एकै कक्षमा २४ जोडी जुम्लयाहा छन् ।
उनीहरु एकै रंगको कपडा लगाएर आउँदा कयौ पटक शिक्षकहरुले समेत छुट्याउन नसकेको घटना छ । यो एक संयोग हो कि स्कुलको एकै कक्षामा २४ जोडी जुम्लयाहा छन्, जसका कारण यो स्कुलको नाम गिनिज बुक अफ् दि वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ ।
यो स्कूलमा ३ जोडी केटा–केटा जुम्ल्याहा, ११ जोडी केटी–केटी जुम्ल्याहा र १० जोडी केटा–केटी जुम्ल्याहा छन् ।
यी ४८ जना केटाकेटी कक्षा पाँच मा अध्ययनरत छन । यसअपिघ तीनवटा बिद्यालयले एकै कक्षामा १६–१६ जोडी जुम्ल्याहा अध्ययन गराएर रेकर्ड कायम गरेका थिए ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता