मानव तस्करीबिरुद्ध अफ्रिकास्थित नेपालीको अग्रसरता



kenya
नैरोवी(केन्या), फाल्गुन २० - अफ्रिकी मुलुकहरुमा बढ्दो मानव तस्करीको संजालका विरुद्धमा एकतावद्ध रुपमा अभियान चलाउन र  अफ्रिकाकेन्द्रित वैदेशिक रोजगारीको संभावनाबारे निश्चित सूचना संयन्त्रबाट जानकारी गराउन गैर आवासीय नेपालीको समूहले पहल गर्ने भएको छ ।
केन्याको नैरोवीमा आइतबार सम्पन्न 'मानव तस्करी संजालु बारेको सम्मेलनमा युगान्डा, जाम्बिया, तान्जानिया, नाइजेरिया, केन्यासहितका मुलुकबाट उपस्थित गैर आवासीय नेपाली प्रतिनिधिले क्षेत्रीय संयन्त्र बनाएर अभियान थाल्ने प्रतिबद्धता जनाए । गैर आवासीय नेपाली संघ, अन्र्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेले अफ्रकाबासी गैर आवासीय नेपालीको यो अभियानमा खुलेर साथरसहयोग दिने प्रतिबद्धता जनाए ।
दक्षिण अप्रिmकाको प्रिटोरियास्थित नेपाली दुतावास, केन्यास्थित अवैतनिक बाणिज्यदूत कार्यालय र गैर आवासीय नेपाली संघ, केन्याको सहकार्यमा आयोजित सेमिनारमा राजदुत अरुणप्रसाद धितालले  अफ्रिका क्षेत्रमा बढ्दै गएको मानव तस्करीको ुट्रान्जिटु सबैको चासो र चिन्ताको बिषय बनेको धारणा राखे ।  अफ्रिकाका मरिसस, मदागास्कर, युगान्डा, तान्जानिया, जाम्बिया, कंगो, केन्या, दक्षिण अप्रिmकासहितका मुलुकमा नेपाली ल्याएर अलपत्र पार्ने क्रम बढेकोमा यो तस्करीको संजाल विरुद्धमा एकतावद्ध बनेर अभियान चलाउनु जरुरी रहेको उनको भनाइ थियो । 'जनचेतना र सूचना जानकारी भैरहेकै अवस्थामा पनि ठगी र तस्करीको बढ्दो क्रमले हामीलाई समस्यामा पार्ने गरेको छ'राजदुत धितालले भने,'यो स्थितीबारे परराष्ट्र मन्त्रालयलाई अवगत गराएर यो क्षेत्रीय सेमिनार आयोजना गर्ने अवसर मिलेको हो ।'  
अमेरिका(युरोप लैजाने ट्रान्जिट बनाएर, युगान्डास्थित राष्ट्रसंघीय निकायमा सुरक्षाकर्मी काममा लगाइदिने भनेर अथवा डान्स रेष्टुरामा काम लगाउने भनेर ल्याएकामध्ये  अफ्रिका आएर अधिकांस अलपत्र पर्ने गरेका छन् । अप्रिmका आफैं बेरोजगारीको चपेटामा रहेको र यहाा दक्ष कामदार मात्रै आवश्यक रहेका बेला अनेक चोर बाटोबाट यहाँ कम खोज्न आउनुको कुनै अर्थ नरहेको गैर आवासीय नेपालीका अप्रिmका क्षेत्रीय संयोजक हिक्मत थापाले बताए । 'हामी आफ्ना काममा लागीपर्नुभन्दा बढी मानव तस्करको पिछा लागेर हिंडनुपर्ने अवस्था आइपरेको छ,'नाइजेरियाको लेगोसबाट आएका थापाले भने ।   
अप्रिmकी मुलुकमध्ये केन्या र तान्जानियामा पर्यटक भिसामा नेपाली चेलीबेटी ल्याएर डान्सररेष्टुरामा काममा लगाउने गरेको अनुभव सुनाउने क्रममा यी दुइ देशका गैर आवासीय प्रतिनिधिले यस्ता नेपाली चेलीको संख्या २ सय जति रहेको जानकारी गराए । ुकसैले उद्धार चाहियो नभनिन्जेल खोजबीन गर्न मिल्दैन,'गैर आवासीय संघ, केन्या अध्यक्ष रामचन्द्र बस्यालले भने,'कुनै नियमकानून र प्रकृयाबिनै भारत हुँदै आएका नेपाली चेलीबेटीलाई उद्धार गर्नुपर्दाको सास्ती भन्नै नसकिने हुन्छ ।' संघका पुर्व अध्यक्ष कुलबहादुर कार्कीले रोजगारी दिने नाममा पर्यटक भिसामा ल्याइएका र डान्स रेष्टुरामा रातभर नाचेर समय कटाइरहेका दिदीबहिनीको स्थिती हेर्दा मात्रै पनि मन रुने गरेको बताए । यसलाई कि बन्द गर्ने अथवा प्रकृयासंगत ढंगबाट रोजगारीको बाटोमा लैजाने उपाय खोज्नु जरुरी भइसकेको छ ।
सम्मेलनमा मानव तस्करको क्षेत्रीय संजालबारे जाम्बियाबाट आएका बिदुर खनाल, युगान्डाबाट आएका रमेश काडेल, तान्जानियाँबाट सहभागी भरत रिजालसहितले आफ्नो अनुभव सुनाएका थिए । सोही अवसरमा केन्यामा तीनवटा डान्स सेन्टर (मुजुरा० संचालन गर्ने नेपाली प्रबन्धक राजन थापाले आफूले कसैलाई पनि जबरजस्ती यहाँ डान्स सेन्टरमा नल्याएको बताए । 'काठमाडौं र अरुतिर यस्ता डान्स सेन्टर कति होलान्, तिनको किन कुरा गरिन्न'सम्मेलनमा बोल्न आएका थापाले भने'नेपाल सरकारले डान्सर केटी ल्याउन नदिएपछि भारतका बाटोबाट ल्याएको छु, मेरोमा भएका २५ केटी सबै काममा रमाएका छन् ।' तर टुरिष्ट भिसामा केटी ल्याएर डान्सको काममा लगाइएको बैधताबारे भने उनले केही बताएनन् ।
 'अफ्रिकाक्षेत्रमा नेपाली कामदारलाई ल्याएर अलपत्र पार्ने गरिएको खबर पढदै आएको थिए' आज तपाइहरुको प्रत्यक्ष कुराकानी सुनेपछि यो समस्या समाधानमा उपाय खोज्नैपर्ने अवस्था आइपरेको मैंले महसुस गरेको छ’,एनआरएन अन्र्त्राष्टिय अध्यक्ष घलेले भने,'यस्तो अवस्था आइपरेको बेलामा उद्धारमा सघाउ पुगोस् भनी एउटा उद्धार कोष बनाइने र यसमा बिउ पैसाको रुपमा मैंले तत्काल २ लाख रुपैंया राख्ने घोष्णा सुनाउन चाहन्छु ।' यो कोषमा सघाउ पुग्ने गरी एनआरएन अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापा, तान्जानियाबाट अन्र्तराष्टिय समन्य समिति सदस्य भरत रिजाल र केन्या एनआरएनका पुर्व अध्यक्ष कुलबहादुर कार्कीले जनही ५० हजार रुपैंया दिने घोषणा गरे । यस्तै जाम्बिया एनआरएन अध्यक्ष बिदुर खनाल, युगान्ड अध्यक्ष रमेश काडेल, प्रिटोरियास्थित राजदुत धितालले जनही २० हजार रुपैंया दिने घोषणा गरे ।
समारोहमा गैर आवासीय नेपाली संघ, केन्याका महासचिव कृष्णदत्त भट्ट, सल्लाहकार मनबहादुर राई, केन्यास्थित अवैतिक बाणिज्यदूत जिम्मी अस्कर, गैर आवासीय नेपाली संघका निर्देशक राजेश रानालगायतले मन्तव्य राखेका थिए । संघको अन्र्त्राष्टिय समन्वय सदस्य सुनिल कार्कीले  अफ्रिकामा बढ्दो मानव तस्करीको संजालबारे कार्यपत्र पेश गरेका थिए । समारोहले ९ बुदे नैरोवी घोषणा पत्र जारी गर्दै अब बर्षेनी रुपमा  अफ्रिका क्षेत्रीय सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २०७० फाल्गुन २० ०३:५०

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता