सात बर्षीय बालकले आफु मरेर आमालाई बचाए
==========================
मस्तिष्क क्यान्सरसँग लडिरहेका एक सात वर्षका बालकले आफ्नो आमालाई बताउन किड्नी दिएर आफ्नो जीवन बलिदान गरेका छन् । चेन साओसिन ५ वर्षको हुँदा डाक्टरहरुले उनको मस्तिष्कमा घातक ट्युमर भएको पत्ता लगाएका थिए । त्यसको केही महिना पहिले उनकी आमा झोउ लू किड्नीको समस्याका कारण अस्पताल भर्ना भएकी थिइन् ।सुरुमा निको हुने संकेत देखिएपनि ट्युमर आक्रमक रुपमा बढेपछि डाक्टरहरुले चेन साओसिन धेरै वर्ष बाँच्न नसक्ने निष्कर्ष सुनाए । आमा छोराले एकसाथ रोगविरुद्धलडे । अन्तिममा चेनले आमालाई भने-’म तपाईको जीवन बचाउन चाहन्छु, मलाई मर्न दिनोस् ।’ आमा छोरा निकै कमजोर भइसकेका थिए । झोउलाई डाइलोसिस गर्नुपर्यो भने चेनलाई २४ सै घण्टा डाक्टरहरुको निगरानीमा राखियो ।
रोगले चाप्दै गएपछि चेनले आफ्नो दृष्टि गुमाए । अस्पतालको शैयामा लडिरहेका उनी निकै कमजोर भए । विषय निकै गम्भीर भएकाले डाक्टरले झोउको सट्टा चेनका हजुरआमालाई प्रस्ताव राखे । चेनका हजुरआमा ५७ वर्षकी लिउले भनिन्-उनीहरुले मेरो नातीलाई बचाउन नसक्ने तर, उनको किड्नीले आमासँगै अन्य दुई जनालाई बचाउन सकिने सुनाए । मैले झोउसँग कुरा गरेँ । तर, उनले यो कुरा सुन्नै चाहिनन् ।’जब यो कुरा चेनले सुने, उनले आमालाई बचाउन जिद्धि गरे । आशुका बीच झोउले स्वीकार त गरिन्, तर यदि छोराको निधन भयो भने मात्र भन्ने सर्तमा । डाक्टरहरुले चेनको किड्नी झोउलाई मिल्छ कि मिल्दैन भन्ने परीक्षण गरे । जब अपि्रल २ मा चेनको मृत्यु भयो । डाक्टरहरुले तत्कालै उनको किड्नी झोउलाई प्रत्यारोपण गरे । चेनको अर्को किड्नी २१ वर्षीय युवतीलाई प्रत्यारोपण गरियो भने कलेजो २७ वर्षका एक व्यक्तिलाई । अस्पतालका प्रवक्ताले तीन वटै अंग प्रत्यारोपण सफल भएको बताए ।
सात बर्षीय बालकले आफु मरेर आमालाई बचाए

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता