गजल

बाहिर मात्रै हैन तिम्ले भित्रै छिरी मार्यौ मलाई छाती मात्रै हैन तिम्ले, मुटु चिरी मार्यौ मलाई लाश हैन धुकधुकी छाडी दोबाटोमा अलपत्र पार्यौ धनु मात्रै हैन तिम्ले, काडै भिरी मार्यौ मलाई किन मैले सुपारी दिन्थे, मार्न भनी आँफै लाई यस्तो लाग्छ आज किन पैन्चै तिरी मार्यौ मलाई दाँया हैन बाँया हैन, बरु अब सिधै चलाउ तिर मतलबी दुनियाँमा किन.सार्है गिरी मार्यौ मलाई माया माया भन्दै किन आयौ मेरै संसार आज मायाको नै नकाब भिरी भित्रै छिरी मार्यौ मलाई

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता