इजरायलमा नेपालीहरूले मनाए बुद्ध जयन्ती
इजरायलमा नेपालीहरूले मनाए बुद्ध जयन्ती
तेलअविव । बैदेशिक रोजगारको क्रममा इजरायलमा रहेका नेपाली समुदायहरुले अहिंसाका प्रतिक एवम् विश्व शान्तिको अग्रदुत भगवान बुद्धको २५५८ औँ बुद्ध जयन्ती भव्यताका साथ मनाएका छन् । शनिवार नेपाली दूतावास, तेलअविवको अगाडी रहेको खुल्ला पार्कमा बुद्ध जयन्ती भव्यताका साथ भनाइएको हो ।tel-1
नेवा ख:ल, इजरायलको प्रमुख आयोजनामा १६ वटा संघसंस्थाहरुले आयोजना गरी सामुहिक रुपमा मनाएको कार्यक्रममा नेवा ख:ल,इजरायलको अध्यक्ष तथा २५५८ औँ बुद्ध जयन्ती मूल आयोजक समितिको संयोजक तेज बहादुर श्रेष्ठ सभापति रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास, इजरायलको महामहिम प्रल्लादप्रसाद प्रसाई, बिशेष अतिथिहरु नेपाली दूतावास, इजरायलको उपनियोग प्रमुख तथा काउन्सिलर खड्काप्रसाद दाहाल, नेपाल आदिवासी जनजाती महासंघ,इजरायलको अध्यक्षको सुन्दरसिंह लामा तामाङ रहनु भएको थियो ।
यसैगरी अतिथि आसनग्रहणमा युएन अन्तर्गत इजरायलमा कार्यरत डा. ध्रव कोइराला, २५५८ औँ बुद्ध जयन्ती मूल आयोजक समितिको सहसंयोजक बीबी लामा तामाङ, इजरायलमा रहेको विभिन्न संघसंस्था अध्यक्ष र मिडियाको प्रतिनिधिहरु रहनु भएको थियो । लामा धर्मगुरु थुप्तेन तामाङबाट धार्मिक विधिअनुसार पाढपुजा गरी शुरु भएको कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै नारी आवाज ,इजरायलको महासचिव सुचित्रा खनियाले स्वागत मन्तव्य दिनु भएको थियो । यसैगरी बिशेष अतिथि नेपाली दूतावास, इजरायलको उपनियोग प्रमुख तथा काउन्सिलर खड्काप्रसाद दाहाल, नेपाल आदिवासी जनजाती महासंघ,इजरायलको अध्यक्षको सुन्दर सिंह लामा तामाङ,अतिथिहरु एनआरएन,इजरायलको सचिव तिर्थ गौतम,नेपाली संघीय समाज,इजरायलको अध्यक्ष युवा राज राई , लुम्विनी कपिलवस्तु दिवस अभियानको संयोजक मिना बान्तवा राई र बिश्व साइकल यात्री लोकबन्धु कार्कीले बुद्ध जयन्तीको शुभकामना मन्तव्य दिनु भएको थियो ।tel-2
शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि नेपाली दूतावास, इजरायलको महामहिम प्रल्लादप्रसाद प्रसाईले बुद्ध जयन्तीको शुभकामना दिनु हुँदै इजरायलवासी नेपाली संघसंस्थाहरु सबै मिलेर भव्य रुपमा कार्यक्रम आयोजन गरेकोमा खुशी व्यक्त गर्नु भएको थियो । यसैगरी गत बर्ष बुद्ध जयन्तीको दिन नेपालको पश्चिमाअञ्चल सुर्खेत जिल्लाको काँक्रेविहारमा बुद्धमुर्ति प्रतिस्थापना गर्ने क्रममा प्रशासन पक्षबाट गैर जिम्मेवारी ढंगले हस्तक्षेप गरी बुद्धमुर्ति प्रतिस्थापना गर्न नदिई बुद्धमुर्ति समेत खोसेर बौद्धधर्म र संस्कृतिको मूल्य मान्यतामा आँच पुर्याउने गरी बुद्ध मूर्तिलाई अव्यवस्थित र असांस्कृतिक तरिकामा राखेकोमा गम्भीर आपत्तिका साथ खेद व्यक्त गर्दै बुद्धमूर्ति प्रतिस्थापना गर्ने कार्यमा तत्काल व्यवस्थित गर्न नेपाल सरकार तथा सम्बन्धीत निकाय समक्ष सहज वातावरण बनाउन जोरदार माग सहित नेपाल आदिवासी जनजाती महासंघ इजरायल ,शेर्पा संघ इजरायल,नेपाल तामाङ समाज,इजरायल , तमु समाज इजरायल , नेपाल मगर समाज,इजरायलको अध्यक्षहरु र लुम्बिनी कपिलवस्तु दिवस अभियान इजरायलको संयोजक मिना वान्तवा राईको सामुहिक हस्तक्षार रहेको ‘ध्यानकार्षण पत्र’ नेपालको सम्बन्धित निकाय समक्ष पुर्याउन अनुरोध गर्दै नेपाली दुतावास,इजरायलको महामहिम प्रल्लाद कुमार प्रसाईज्युलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको सहसंयोजक बी बी लामा तामाङको नेतृत्वमा कार्यक्रम स्थल परिसरमा विश्व शान्तिको कामना गर्दै भगवान बुद्धको मुर्ति र प्रतिमा सहित कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरु लामबद्ध भएर “शान्ति -याली” परिक्रम गरिएको थियो । अन्तमा कार्यक्रमको सभापति तेजबहादुर श्रेष्ठले बुद्ध जयन्ती समारोहमा उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरु, प्रसादको लागि व्यक्तिगत रुपमा सहयोग गर्नु हुने महानुभावहरु,मिडियाकर्मीहरु र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सबैलाई धन्यावद व्यक्त गर्नु हुँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई भगवान बुद्धको प्रसाद बितरण गरिएको थियो भने नेपाल आदिवासी जनजाती महासंघ,इजरायलको उपाध्यक्ष भुपेन्द्र गुरुङ र नेपाल तामाङ समाज,इजरायलको महासचिव उर्मिला पाख्रिन तामाङले कार्यक्रम कुशलतापुर्वक संचालन गर्नु भएको थियो


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता