नारीकालागि नारी परोपकारी अक्षय कोष”को समुद्घाटन तथा बृहत सांस्कृतिक साँझ सम्पन्न सोमवार, असार २, २०७१ - juna 2014.613
इजरायल /शुभद्रा भण्डारी ।
शनिवार इजरायलको तेलअभिवमा ”राष्ट्रिय सम्वृद्धिका लागि नारी एकता“ भन्ने मुल नारासंगै विश्वभर छरिएर रहेका नेपाली नारीहरूको संगठन “नारीका लागि नारी”द्वारा स्थापना गरिएको एक करोड एक रुपैयाँको “नारीकालागि नारी परोपकारी अक्षय कोष”को समुद्घाटन तथा बृहत सांस्कृतिक साँझ भव्य रूपमा सम्पन्न भएको छ ।
इजरायलका लागि नेपाली राजदूत महामहिम प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा प्रमुख अतिथी प्रसाईद्वारा पानसमा दिप प्रज्वलन गरी सो कोषको उद्घाटन गरिएको हो ।
कार्यक्रममा राजदूत महामहिम प्रल्हाद कुमार प्रसाई साथमा उहाँकी धर्मपत्नी सिता प्रसाई, काउन्सिलर तथा उपनियोग प्रमुख खड्ह प्रसाद दाहाल, द्वितिय सचिव रोशन खनाल, युएनमा कार्यरत कर्नेल श्री अनुप राणा, मेजर सुमन पण्डित र श्री गुप्त बहादुर कुवर, इजरायली सामाजिक संस्था Sister`s Organization की ओर्ना पुण्डक, इजरायलमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरू, मिडियाकर्मीहरू, इजरायलमा रहेका स्थानिय नेपाली कलाकारहरू लगायत उल्लेख्य नेपालीहरूको उपस्थिती रहेको थियो । पानसमा दिप प्रज्वलन गरी गरिएको समुद्घाटन गरे पश्चात राष्ट्र र राष्ट्रियतालाई सम्मान गर्दै राष्ट्रिय गानको सुमधुर धुन वजाईएको थियो भने रोजी रोटीको लागि वैदेशिक रोजगारीको क्रममा इजरायलमा रही सन् २००५ देखि हालसम्म विविध कारणवश अकालमा ज्यान गुमाएका नेपालीहरूको नाम पढेर सुनाईए पश्चात दिवंगतहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । मातृभुमी लगायत विभिन्न देशहरूमा छरिएर रहेका सकृय महिलाहरूको संयुक्त पहलमा घोषणा गरिएको “नारीका लागि नारी” एक करोड एक रुपैयाँको परोपकारी अक्षय कोषका संस्थापकहरूको परिचयात्मक कार्यक्रम अन्तरगत इजरायलमा रहेका संस्थापकहरूलाई प्रमुख अतिथी प्रल्हाद कुमार प्रसाई र उहाँकी धर्मपत्नी सिता प्रसाईले अविर र खादा लगाएर स्वागत गर्नुभएको थियो भने श्री सत्यसाई सेन्टरकी अध्यक्ष नेहा गुरूङले साईवावाको विभुती लगाएर सफलताको कामना गर्नुभएको थियो । जापानमा रहेका संस्थापक सदस्यद्वय संगिता अधिकारी (सुबेदी) र दिपा सिम्खडाले लेखेर पठाउनुभएको शुभकानमा सन्देश कार्यक्रम संचालिकाद्वारा पढेर सुनाईएको थियो ।
कार्यक्रममा संस्थापक श्रीमती सविता अधिकारीले स्वागत मन्तव्य दिंदै नारीहरूले थालेको यस पुन्य कार्यमा साथ र सहयोग दिदै कार्यक्रम स्थलसम्म आईपुग्नुभएका सम्पुर्ण महानुभावहरूप्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो । शुभकामना मन्तव्य दिदै कार्यक्रमका प्रमुख अतिथी प्रसाईले नारीहरूले शुरू गरेको प्रशंसनिय कार्यमा सहभागी हुन पाउदा खुसी लागेको वताउदै प्रवासी भुमीवाट पनि देशमा रहेको विद्दमान समस्या समाधानको निम्ती कोष खडा गरिनु पवित्र कार्यको शुरूवात हो । शुरूवात संगै आधा काम पनि भईसकेकोले संसारभरका दिदिवहिनीहरूको पहलमा यस अभियानले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । समाजमा नारीहरूले पनि केही गर्न सक्छन् भन्ने आत्मविश्वासका साथ अघि वढाईएको यस अभियानलाई सवैतिरवाट सहयोग मिल्नेछ र विश्वव्यापी रूपमा स्थापित हुनेछ भन्ने विश्वास लिएको वताउनुभयो । पवित्र कार्यमा सहयोग र समर्थन गर्नेहरूलाई धन्यवाद दिदै अभियन्ताहरूलाई कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । मन्तव्यको क्रममा संस्थापक श्रीमती सावी पाठकले संस्था स्थापना गर्नुको कारण तथा संस्थाको परियच दिनुभएको थियो भने संस्थाको कार्यपत्र तथा भावी योजना संस्थापक श्रीमती नितु खतिवडा ले प्रस्तूत गर्नुभएको थियो । त्यस्तै मन्तव्यकै क्रममा श्री सत्य साई सेन्टरकी अध्यक्ष तथा नारी आवाज इजरायलकी उपाध्यक्ष नेहा गुरूङले नारीका लागि नारी एक करोड एक परोपकारी अक्षयकोष सकारात्मक कार्यको शुरूवात भएको वताउदै नारीहरूको हक हित र न्यायको लागि आफ्नो सहयोग तथा समर्थन सदैव रहने वताउदै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नविन प्रतिभा साँझ, अन्तराष्ट्रिय कलाकार मंच र कलाकार समाज लगायतका कलाकारहरूको विशेष प्रस्तूती रहेको थियो । नविन प्रतिभा साँझको तर्फबाट नारीहरूसंग सम्वन्धित “अन्धकारमा रुमलिएको समाज” नामक व्याङ्ग्यात्मक नाटक तीन चरणमा प्रस्तूत गरिएको थियो । विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष दिपेन्द्र थापाको लेखन तथा निर्देशन रहेको सो नाटकमा सहभागी हुने कलाकारहरूमा दिपेन्द्र थापा, कृष्ण रायमाझी, धर्मराज भण्डारी, गणेश गौतम, सृजना थापा, लक्ष्मी अधिकारी, यमुना घिमिरे, आर के शर्मा, विजय विद्रोही राई, सानु खतिवडा, नानु श्रेष्ठ, मुना ढकाल ( यमुना), श्वेता खरेल, नितु खतिवडा रहेका थिए ।
त्यस्तै गित, गजल तथा नृत्य प्रस्तूत गर्ने कलाकारहरूमा अन्तराष्ट्रिय कलाकार मंचवाट सुनिता पाख्रिन, आर के शर्मा, रेशम क्षत्री , अन्तराष्ट्रिय कलाकार समाजवाट देवकी ढकाल, रानु सुवेदी र अन्य कलाकारहरूमा हजुरी शाह कडेल, गणेश गौतम रियाज शिवाकोटी, जानुका निरौला, लक्ष्मी गर्तौला, पेमा लामा, मधु खड्का, सानु खतिवडा रहेका थिए । औपचारिक कार्यक्रम संचारकर्मी शुभद्रा भण्डारी , संस्थापक सिता तिवारी र काजल घिमिरेले संचालन गरेका थिए भने अनौपचारिक कार्यक्रम संस्थापक नितु खतिवडाले संचालन गर्नुभएको थियो ।
सकारात्मक सोचसंगै केही हदसम्म भएपनि सामाजिक परिवर्तनको लागि हातमा हात र साथमा साथ मिलाउदै लम्किईरहेका महिला दिदिवहिनीहरूले शुरूवात गरेको सो अभियानमा उपस्थितहरूको पूर्ण सहयोग र समर्थन रहेको थियो भने संकलित सहयोग रकमको वारेमा केही दिनमा नामलिस्ट सहित समाचारसार्वजनिक गरिने आयोजक टिमले जनाएको छ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता