५३ नेपालीले साउदी कम्पनी छाडे
५३ नेपालीले साउदी कम्पनी छाडे
साउदी अरब- नेपालमा गरिएको सम्झौताअनुसार तलब, सुविधा र काम नपाएपछि ५३ जना नेपाली कामदारले साउदी अरबको कम्पनी छाडेका छन्। सइद हादी अल दोस्सरी कन्ट्र्याक्टिङ इस्ट कम्पनीमा कार्यरत नेपाली गतसाता कम्पनी छाडेर बाहिर आएका हुन्।
नेपालबाट साउदी रियाल १२ सय दिने सर्तमा ल्याइए पनि कम दिएको र भुक्तानी पाँच–छ महिना ढिलो गरेको उनीहरूको गुनासो छ। उनीहरूका अनुसार कम्पनीको निर्माण तथा सम्भार कार्यका निम्ति भनेर ल्याइएकालाई जंगलबीचमा ऊट, भेडालगायतका जनवार हेरचाहमा... खटाइएको र सशस्त्र दस्ताको घेराबन्दीमा काम लगाइएको थियो।
गोर्खा नेपाल र एसी इम्प्लोइमेन्ट ब्युरो प्रालिबाट साउदी अरब आइपुगेका उनीहरूले म्यानपावर कम्पनीसँग पटक–पटक सम्पर्क गरेर जानकारी गराउँदा पनि बेवास्ता गरिएको गुनासो गरेका छन्। कार्यरत कम्पनीले उनीहरूमाथि अन्याय र शोषण अझै बढाउन थालेपछि र आफूहरूलाई सबै राम्रो छ भनेर पठाउने म्यान पावर कम्पनीले समेत बेवास्ता गरेपछि कम्पनी नै छाडेर सडकमा निस्किनुपरेको उनीहरूले बताए।
उनीहरू नजिकैको नगर वादी अदद्वासिरमा शरण लिई एउटै कोठामा कोचिएर बसेका छन्। कम्पनीका मालिकले काममा नफर्किए पुलिस लगाएर जेल पठाउने, कुटपिट गर्ने धाकधम्की र त्रास दिइरहेकाले आफूहरू असुरक्षित भएको उनीहरू बताए।
उनीहरूले संयुक्त रूपमा कम्पनीविरुद्ध स्थानीय श्रम अदालतमा अपिल गरेका छ। पीडितहरूले नेपाली दूतावास रियादका श्रमसहचारी कृष्ण दवाडीलाई समस्या अवगत गराएको पनि जानकारी दिएका छन्। दवाडीले भने नेपालस्थित सम्बन्धित म्यान पावर कम्पनीसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताए। उनले सम्झौताअनुसारको तलब–सुविधा उपलब्ध गराउन पहल गरिने बताएका छन्। उनले पीडितलाई न्याय प्राप्तिका लागि नेपालस्थित श्रम विभागमा पनि उजुरी गर्न सुझाव दिए।
पीडितहरूले आफूहरूलाई न्याय दिलाउन र सकुशल स्वदेश फर्काउन मानवअधिकारीवादी तथा सम्बन्धित निकायले शीघ्र पहल गरिदिन अपिल गरेका छन्। परदेशी खबर साभार :- नागरीक न्यूज़

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता