यस्तो किन?

......एकातिर नारीलाई कोमलता, अहिंसाको प्रतीक मान्ने अर्काेतिर त्यही नारी शक्तिस्वरूपाको अगाडि बलि चढाउने विरोधाभासपूर्ण व्यवहार हुने गरेको छ ।
बाल्यकालदेखि नै मेरो मनमस्तिष्कमा केही प्रश्न बेपत्ता तवरले उठिरहेका छन्। मन र मस्तिष्क वि...स्तारै परिपक्वता ग्रहण गर्दै जाँदा फेरि उही प्रश्नहरूमाथि गम्भीर भएर सोच्न थालेकी छु। जसको उत्तर स्वयम् पाउन असमर्थ भएकीले म यी केही प्रश्न धर्मशास्त्री संस्कृतिविद, पुराणका ज्ञाता, पण्डित, मानवशास्त्री र समाजशास्त्री लगायतका सम्पूर्ण चिन्तक/विश्लेषकसमक्ष राख्न चाहन्छु र सन्तोषजनक उत्तरको अपेक्षा राख्छु।
पहिलो जिज्ञासा: नेपाल, भारतका आजसम्म जेजति देवीको मन्दिर गएकी छु, ती सबैमा प्रायः पुरुष पुजारी नै मैले पाएँ। देवी भन्ने बित्तिकै हाम्रो अगाडि नारीको तस्वीर नै आउँछ। अर्थात् नारीकै अंग-प्रत्यंग कुँदिएका चाहे ढुंगाको मूर्ति होस् या संगमरमर, पित्तल या माटोको मूर्ति ती सबै देवी मन्दिरका पुजारी पुरुष नै छन्। दुर्गा सप्तसती, देवीको उपासना, दसैंमा घरघरमा देवीको नाममा जमरा राखेर पूजा गर्ने काममा पुरुष वर्ग नै अगाडि देखिन्छन्। शक्ति, पुरुषार्थ र सामथ्र्य प्राप्तिका लागि पुरुष समाजले देवीकै उपासना गरेको यथार्थको वर्णन वैदिक र पौराणिक ऋचाहरूमा समेत गरिएको छ। सायद यही आस्था र विश्वासका साथ आधुनिक समाजमा हिन्दु धर्मावलम्बीहरूले देवीको पूजा र मन्त्रणा गरेका होलान्। तर घतलाग्दो कुरो के छ भने त्यही वेदका ज्ञाता, पण्डित, पुरोहितहरूका कारण आजको आधुनिक समाजमा पनि नारीलाई दोस्रो दर्जाको मानवको रूपमा हेर्ने प्रचलन व्याप्तै छ। नारी भन्ने बित्तिकै एउटा कमजोर, अबला, असक्षम विम्बको रूपमा हेर्ने दृष्टिकोण अझै पनि समाजमा व्याप्त किन? हो, नारी रजस्वला हुन्छे, सन्तान पैदा गर्छे, पुरुषको जस्तो हट्ठाकट्ठा शरीर नभएर कोमलांगिनी हुन्छे। यो प्राकृतिक स्वरुप र सृष्टिकर्ता नारीको मौलिक गुणको सम्मानको साटो उनको अपमान किन? शारीरिक दृष्टिकोणले नारी र पुरुष दुई फरक आकृति देखिए पनि मनोवैज्ञानिक दृष्टिकोणले नारी पुरुषभन्दा कुनै हदमा कम हुँदिन, तर नारी र पुरुषको अधिकारमा असमानता किन? आजको २१ औं शताब्दीमा पनि नारी अधिकार सम्मान र समताको लडाइँ नारी अधिकारकर्मीहरूले लड्नुको औचित्य के? एकातिर देवीको रूपमा घरघरमा मूर्तिको पूजा गर्ने, अर्काेतिर घरकै देवी अर्थात् नारीमाथि अनेक प्रकारको भेदभाव र हिंसाको अन्त्य कहिले? सामाजिक रूपान्तरणको क्रममा रहेको नयाँ नेपालमा अब प्रत्येक देवीको मन्दिरमा महिला पुजारी राख्ने कि नारीप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउने? नारीमाथि हुने अन्याय, अत्याचार या भेदभाव पुरुषवादी चिन्तनको उपज हो या वेद, पुराणमा उल्लेखित आधारमा गरिएको हो? कृपया यसका ज्ञाताहरूले सटिक उत्तर पहिल्याइदिनु होला।
दोस्रो जिज्ञासा: नारी भन्ने बित्तिकै कोमल, ममतामयी, वात्सल्यमयी, अहिंस्रक प्रवृत्तिको हुन्छिन् भन्ने धारणा हाम्रो समाजमा व्याप्त छ। यो यथार्थ पनि हो र प्रायः नारी यसै परिभाषाभित्र पर्छिन्। तर नारी स्वरुपा देवीकै मठमन्दिरमा सबभन्दा बढी हिंसा किन? अर्थात् ब्रह्मा, विष्णु, महेश, गणेश, कृष्णजस्ता पुरुष देवको मन्दिरमा फलफूल, मिठाइ, दूधजस्ता शाकाहारी प्रसाद चढाइन्छ भने दुर्गा, काली, लक्ष्मीलाई खुसी पार्न खसी, बोकाको बलि नै किन? यदि शास्त्रमा उल्लेखित मान्यताअनुसार यस्तो प्रचलन हो भने यसलाई बदलिन सकिन्छ वा सकिँदैन?
यदि नारी अर्थात् देवीलाई खुसी पार्न बलि नै चाहिन्छ भने समाजमा सबभन्दा बढी हिंसा नारीबाट नै हुन्थ्यो। तर आजसम्म जेजति हिंसाका घटना हुन्छन्, ती प्रायः पुरुषबाट नै भएको पाइएको छ। मठमन्दिरमा समेत खसी, बोकाको बलि पुरुषले नै दिने गर्छन्। एकातिर नारीलाई कोमलता, अहिंसाको प्रतीक मान्ने अर्को तिर त्यही नारी शक्तिस्वरूपाको अगाडि बलि चढाउने यस्तो विरोधाभासपूर्ण व्यवहार कि

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता