नेपाल टेलिकमको 2G सिमलाई सित्तैमा 3G बनाऔ र एनसेल भन्दा आधा सस्तो छ !
--------------- --------------- --------------- --------------- -------------
तपाइँ नेपाल टेलिकमको जीएसएम मोबाइल चलाउनु हुन्छ भने तपाइँका लागि टेलिकमले सित्तैमा थ्रीजी चलाउने अवसर दिने भएको छ। यसको मतलब हो तपाइँ टेलिकमको टुजी नेटवर्क र सेवाबाट सित्तैमा थ्रीजी नेटवर्क र सेवामा प्रवेश गर्नसक्नुहुन्छ। जसमा तपाइँले टुजीमा भन्दा धेरै... गतिको इन्टरनेट पाउन सक्नुहुन्छ। त्यो पनि सस्तो शूल्कदरमा।
के छ यसमा ?
नेपाल टेलिकमले विस्तार र सुधार गर्दै गइरहेको थ्रीजी सेवामा ७.२ एमबीपीएस गति सम्मको इन्टरनेट सेवा रहेको छ। जुन टुजी नेटवर्कमा अहिले चलाइरहेको जीपीआरएसको गति भन्दा निक्कै नै धेरै हो।
थ्रीजी मोबाइल सेवामा तपाइँ भिडियो कल गर्नसक्नुहुन्छ। यसको मतलब हो अनुहार हेर्दै फोनमा कुराकानी गर्ने सुविधा यसमा छ। यसको शुल्क पनि सस्तो नै छ। करबाहेक टेलिकमले थ्रीजीमा भिडियो कल गर्दा २ रुपैंया मिनेट लाग्छ।
टेलिकमको थ्रीजीमा सस्तो इन्टरनेट सेवा छ। प्रतिस्पर्धी एनसेलको भन्दा आधा सस्तोमा टेलिकमको थ्रीजी इन्टरनेट उपलब्ध हुन्छ। टेलिकमले १० पैसा प्रति १०० केबीको दरमा डाटा प्याकेज दिइरहेको छ जुन एमबीमा हिसाब गर्दा १ रुपैंया हुन्छ।
यतिखेर नेपालमा जीएसएम प्रविधिमा दुर्इ कम्पनीले मात्र थ्रीजी सेवा दिइरहेका छन्। एनसेल र नेपाल टेलिकम। एनसेलले थ्रीजीमा डाटा प्याकेजमा इन्टरनेट सेवा दिइरहेको छ जुन प्याकेज बाहिर निक्कै महँगो र प्याकेजमा पनि टेलिकमको भन्दा शतप्रतिशत महँगो छ। टेलिकमले भने थ्रीजीमा कुनै प्याकेज बनाएको छैन सिधै जति चलाएपनि एउटै दरमा इन्टरनेट उपलब्ध हुन्छ।
कसरी बनाउने थ्रीजी ?
तपाइँसँग थ्रीजी सेवालाई सपोर्ट गर्ने मोबाइल फोन छ (आजकल स्मार्टफोन सबैले सपोर्ट गर्छन्) भने तपाइँले एउटा एसएमएस गरेर नै आफ्नो फोनलाई थ्रीजी बनाउन सक्नुहुन्छ। त्यसका लागि एसएमएसमा थ्रीजी टाइप गर्नुहोस् र १४०० मा पठाउनुहोस्। यतिगरेपछि तपाइँलाई टेलिकमबाट तपाइँको सीम र नेटवर्क थ्रीजीमा रुपान्तरण भएको सन्देश आउँछ। यसको कुनै शुल्क पनि लाग्दैन।
यो टेलिकमको अफरको मौका हो नत्र भने टुजी लिइरहेका प्रिपेड प्रयोगकर्ताहरुल े टुजीसीम परिवर्तन गरेर थ्रीजी लिँदा १ सय रुपैंया लाग्ने गरेको थियो।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता