अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्या–पर्यटन मार्ग -

लमजुङ, पौष १4 । नेपालको पदयात्रामा आउने पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण संरक्षण क्षेत्रभित्र वैकल्पिक पदमार्ग पर्यापर्यटन मार्ग बनाइएको छ । बेसीसहर–चामे मोटरबाटोका कारण राउण्ड अन्नपूर्ण पदमार्गको दुरी छोटिदाँ पर्यटकको संख्या घट्दै गएपछि पर्यटकलाई आकर्षित गर्न नयाँ पर्या–पर्यटन पदमार्ग निर्माण गरिएको हो । अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको खुदी, भुलभुले, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा लगायतका गाउँहरुलाई जोडेर पर्या–पर्यटनमार्ग निर्माण गरिएको छ । मोटरबाटोका कारण अन्नपूर्ण पदमार्ग ओझेलमा पर्न लागेपछि पर्यापर्यटन मार्गका रुपमा शुरु गरेको ढंगै पर्यटन विकास समितिका तिलप्रसाद गुरुङले बताए । यस्तै सोही पदमार्गमा पर्ने सिउरुङ गाउँलाई नेपालको नयाँ पर्यटन गन्तब्यको रुपमा प्रचारप्रसार गर्ने, अन्नपुर्ण पदयात्राको नयाँ बैकल्पिक मार्गको रुपमा प्रवद्र्धन गर्ने, गुरुङ संस्कृति जनजीवनको संरक्षण र प्रवद्र्धनका लागि पनि स्थानियबासी लागि परेका छन् । सिउरुङ गाउँलाई पर्यटनको रुपमा विकास गरेपछी पर्यटन आगमन बढ्नुका साथै आर्थिक आय आर्जनमा समेत बृद्धि भएको सिउरुङ पर्यटन विकास समितिका सचिव उमरजंग गुरुङले विश्वास व्यक्त गरे । समुन्द्री सतहदेखि करीब १ हजार ८ सय ५४ मीटरको उचाईमा रहेको पर्यटकीय गाउँ सिउरुङ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । विभिन्न हिमश्रृखलाको दृश्यावलोकन, प्राकृतिक सुन्दरता, संस्कृति, स्थानीय बासीन्दाको हार्दिकता, आत्मीयता र पाहुना सत्कार सिउरुङ गाउँको विशेषता हो । यस्तै लमजुङको बेशीसहर घलेगाउ, घनपोखरा दुधपोखरी नामुनपास तिमाङ चामेसम्म उत्कृष्ट अन्नपूर्ण पदमार्गको नयाँ वैकल्पिक मार्गको विकास गर्ने काम भइरहेको छ । यस क्षेत्रको प्रर्वद्धनका लागि जिविस, गाविस, एक्यापका साथै कारितास बेल्जीयमको सहयोगमा चेस नेपालले विभिन्न कार्यक्रम गर्दै आएका छन् । -

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता