१५औं सडक महोत्सव शुरु, पोखरालाई दुलहीझै सिगारियो -

 अंग्रेजी नयाँ बर्षलाई लक्षित गर्दै पोखरामा १५औं सडक महोत्सब शुरु भएको छ । महोत्सबको शनिबार अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उद्घाटन गर्दै पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल वनाउन सरकारले महत्व दिएको दाबी गरे । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ, यस बाहेक थप जग्गाको मुआब्जाको लागि एक अर्ब रुपैयाँ छुट्टयाएको मन्त्री कोइरालाको भनाइ छ । कार्यक्रममा सभासद् रबिन्द्र अधिकारीले अन्तर्राष्ट्रिय बिमानस्थल बनाउनै पर्ने भन्दै त्यसका लागि कडा आन्दोलन गर्न समेत पछि नपर्ने बताए । सडक महोत्सबले नयाँ वर्ष मनाउन पोखरा आउने पर्यटकको संख्या बर्षेनी बढ्दै गएको रेवान पोखराका अध्यक्ष गोपी वहादुर भट्टराईले बताए । सडक महोत्सवका लागि पर्यटकिय क्षेत्र लेकसाईडलाई दुलही झै सिंगारिएको छ । १५ बर्षदेखि प्रत्येक अंग्रेजी नयाँ बर्षको अवसर पारेर गरिदै आएको सडक महोत्सवमा यस बर्ष आन्तरिक र बाह्य गरी करिब साढे ४ लाख पर्यटक सहभागि हुने अनुमान गरिएको छ । लेकसाईडको साढे ३ किलोमिटर क्षेत्रमा बिहान ११ देखि राती १ बजेसम्म महोत्सब सञ्चालन गरिने संयोजक बलराम पहारीले जानकारी दिए । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा भएकोे महोत्सव ६ दिनसम्म चल्ने छ । -

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता