लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय खुला कविता प्रतियोगिता
चौंथो लमजुङ महोत्सव २०७० का अवसरमा लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय खुला कविता प्रतियोगिताको आयोजना गरिएको हुँदा उक्त प्रतियोगितामा सहभागी हुन कवि, स्रस्टा तथा र्सजकहरुलाई हार्दिक आमन्त्रण गरिन्छ ।
प्रतियोगितासम्बन्धी जानकारीहरु -
१) प्रतियोगिताका लागि आगामी पौष मसान्तभित्र लमजुङ महोत्सवको सचिवालयमा प्राप्त हुने गरी कविता पठाउनु पर्नेछ ।
२) माघ ५ गतेभित्र पहिलो ...चरणको छनौट गरी १० जना चयन गर्ने र माघको १६ गते विहीबार सहिद दिवसका दिन कविता प्रतियोगिताको अन्तिम छनौटमा परेका प्रतियोगीहरुको विहान अन्तिम पाँचको छनौट गरी महोत्सवस्थलबाट नतिजा उद्घोष गरी पुरस्कार वितरण कार्यक्रम गर्ने ।
३) पुरस्कारहरु प्रथम पुरस्कार रु. १०,०००/- र प्रमाणपत्र एकजनालाई द्वितीय पुरस्कार रु. ८,०००/- र प्रमाणपत्र एकजनालाई तृतीय पुरस्कार रु. ५,०००/- र प्रमाणपत्र एकजनालाई सान्त्वन रु. २,०००/- र प्रमाणपत्र दर्ुइजनालाई
४) पश्चिमाञ्चल विकास क्षेत्रका प्रतियोगीलाई मात्र प्रतियोगितामा समावेश गरिनेछ ।
५) प्रतियोगितामा सामेल गराउने कविता बढीमा २०० शब्दको हुनु पर्नेछ ।
६) प्रतियोगितामा समावेश गरिने कविता पद्य तथा गद्य दुबैमध्ये एकमा लेख्न सकिनेछ ।
७) प्रतियोगितामा समावेश गरिएका कविता पर्ूव प्रकाशित वा कुनै पनि प्रतियोगिता पर्व सामेल भएको हुनु हुँदैन । यदि त्यस्तो पाइएमा प्रतियोगितामा सामेल गरिने छैन र पछि उजुरी परेमा छानबीन गरी तथ्य पत्ता लागेमा पुरस्कार खोसिनेछ ।
८) छनौटमा परेका प्रतियोगी वाचनका लागि स्वयम् उपस्थित हुनुपर्नेछ ।
९) कविता पठाउने ठेगानाः
लमजुङ महोत्सवको सचिवालय लमजुङ उद्योग वाणिज्य संघको सचिवालय बेसीशहर, लमजुङ
फोन नं. ०६६५२०१५६/५२००५६ फ्याक्स ०६६५२००५६
मोबाइल नं. ९८५६०४५४५० (नवीनचन्द्र घिमिरे)
९८५६०४५३१२ (योगेश घिमिरे)
Email:- navin.bindu@gmail.com
lcci.lamjung@gmail.com


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता