देखावटी होइन मैले साँचो माया गरेको छु ।

देखावटी होइन मैले साँचो माया गरेको छु ।
सुम्पिदिन्छु जिबन अब तिम्रै भर परेको छु ।।
प्यासी मेरा ओठ हरु तिमी लाई नै पर्खिराछन ।
तिम्लाई चुम्छु भन्दै मैले सागर पनि तरेको छु ।।
कस्तो होला तिमी लाई अङगालोमा लीइ चुम्दा ।
यस्तै सोच्दै भित्र भित्रै अली अली डरेको छु ।।
लिन आउ है एअरपोर्ट मा लाली पाउडर लगाएर ।
म पनि भर्खर भर्खर जहाज बाट झरेको छु ।।
हिंजोसम्म एक्लो थियँ जिबनसाथी खोज्दै थियँ ।
भेटे पछी तिमी लाई तिम्रै समिप सरेको छु ।।
राजु चालिसे बिछोड
कपिलवस्तु भलवाड
हाल:: दुबइ

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता