एमाओवादीका चार नेतालाई जिम्मा

काठमाडौं, पुस १४ – एमाओवादीले केन्द्रीय समितिको बैठकले समानुपातिक सभासद् छान्ने बताए पनि चार नेताले त्यसको जिम्मा लिएका छन् । ‘हेडक्वाटर’ मा रहेका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीले सोमबार समानुपातिक सभासदो अन्तिम सूची बनाउने भएका छन् ।
आइतबार पार्टी केन्द्रीय समिति बैठकमा समानुपातिक सभासद् छान्ने पाँच बुदे मापदण्ड बनाएर चार नेताले जिम्मा लिएका हुन् । यसअघि सभासद् नभएका, मन्त्री वा राजनीतिक नियुक्ति नलिएका, सकेसम्म धेरै जिल्लाको प्रतिनिधित्व हुने र निर्वाचनमा असहयोग/अन्तरघात गरेका ब्यक्तिलाई सभासद् नबनाउने मापदण्ड केन्द्रीय समितिले पारित गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
सोमबार बिहान चार नेताले ३३२ बाट ५४ जना सभासद् छान्ने छन् । दाहाल, भट्टराई र श्रेष्ठले आपसी समझदारी गरी सूची बनाउने छन् । केन्द्रीय समितिबाट सभासद् चयन गर्दा बिवाद हुने भएकाले मापदण्ड मात्र पारित गराई चार शिर्षले जिम्मा लिएका हुन् । सभासद् चयनमा तय भएको मापदण्ड पुरा भए धेरै नयाँ ब्यक्ति आउने छन् । पछिल्लो समय निर्वाचनको बेला प्रवेश गरेका ‘प्रभावशाली’ ब्यक्तिहरुको सभासद् बन्ने कसरत भने जारी छ । ती ब्यक्तिहरुमा लार्केल लामा, राजकुमार गोल्छा, रविन्द्रप्रताप शाहलगायत छन् ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता