लमजुङका सरकारी तथा गैर सरकारी कार्यालयको चौमासिक समिक्षा सम्पन्न, विषयगत कार्यालय मार्फत आउन गैर सरकारी निकायलाई

लमजुङमा रहेका सरकारी तथा गैर सरकारी कार्यालयहरुको पहिलो चौमासिक समिक्षा गोष्ठी बेसीशहरमा सम्पन्न भएको छ । 
जिल्ला विकास समितिको आयोजनामा भएको समिक्षा कार्यक्रममा गत साउन देखि कात्र्तिक महिनासम्म भएका गतिविधीहरुको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा जिल्ला विकास समितिको कार्यालय, जिल्ला प्राविधिक कार्यालय, कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, महिला तथा बाल बालिका कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, भु– संरक्षण कार्यालय, जिल्ला बन कार्यालय, शिक्षा कार्यालय, आयुर्वेदिक, सिटिईभिटी सिम्पानी, घरेलु तथा साना उद्योग, जिल्ला अस्पताल, खानेपानी तथा सरसफाई, सिँचाई लगायत १७ वटा सरकारी कार्यालयले गत चार महिनामा संचालन गरेका गतिविधीको बारेमा जानकारी गराएका थिए । त्यस्तै गैर सरकारी संस्थाहरुमा कोपाडेस, चेस नेपाल, महिला आपसी सहयोग केन्द्र, आरसीडिसी, रेडक्रस लगायत १३ वटा गैर सरकारी संस्थाहरुले संचालन गरेका गतिविधीहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले पहिलो साउन देखि कात्र्तिक सम्मको अवधीमा निर्वाचन, चाडबाड लगायतका कारण धेरै काम गर्न नसकेको बताएका छन् । कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकारी विष्णुदत्त गौतमले विषयगत कार्यालयको समन्वयमा कार्यक्रम संचालन गर्न गैर सरकारी कार्यालयहरुलाई आग्रह गर्नुभएको छ । सहकार्य हुन नसक्दा कतिपय स्थानमा कार्यक्रम दोहोरिने गरेको बताउँदै उहाँले कार्यक्रम सम्पन्न पश्चात विषयगत कार्यालयलाई जानकारी गराउन समेत गैर सरकारी संस्थालाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले सिमित स्रोत साधनको धेरै उपयोग हुने गरी कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । 
यसैविच, समिक्षा गोष्ठीमा सहभागी नहुने सरकारी तथा गैर सरकारी निकायको जानकारी सम्बन्धित निकायमा पठाईने भएको छ । समिक्षा कार्यक्रममा सहभागी नहुँदा उक्त कार्यालयले जिल्लामा संचालन गरेको गतिविधी जानकारी हुन नसक्ने भन्दै मन्त्रालयमा जानकारी गराउन लागिएको हो । समिक्षा गोष्ठीमा सडक डिभिजन कार्यालय, सहकारी डिभिजन कार्यालय, पर्यटन कार्यालय, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, रुम टु रिड, अपाङ्ग संरक्षण समाज लगायतका सरकारी तथा गैर सरकारी कार्यालयहरु सहभागी नभएको जनाईएको छ । समिक्षा कार्यक्रममा नेपाली काँग्रेसका सभापती कृष्णप्रसाद कोईराला, नेकपा एमालेका अध्यक्ष धनञ्जय दवाडी, एमाओवादीका मेखबहादुर भण्डारी, राप्रपाका बालचन्द्र श्रेष्ठ लगायत विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता