» निर्वाचनमा भएको खर्च विवरण लमजुङका १३ उमेदवारले बुझाए
निर्वाचनमा भएको खर्च विवरण लमजुङका १३ उमेदवारले बुझाएसंविधान सभा निर्वाचनमा भएको खर्च विवरण लमजुङका १३ जना उम्मेदवारले बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालका अनुसार अहिलेसम्म नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, अखण्ड नेपाल पार्टी, नेकपा माले, जनप्रजातान्त्रिक पार्टी लगायतका दलका उम्मेदवारले खर्च विवरण बुझाएका छन् । निर्वाचन आयोगले तोकेको सिमा भन्दा बढी खर्च नगरेको उम्मेदवारहरुले दाबी गरेका छन् । कार्यलयका अनुसार नेपाली कांग्रेसबाट क्षेत्र नम्बर १ मा उमेदवारी दिनुभएका डाक्टर टकराज गुरुङदले बझाएको विवरणमा निर्वाचनमा उहाँले ९ लाख रुपैया खर्च भएको उल्लेख छ । त्यस्तै क्षेत्र नम्बर २ का उमेदवार चन्द्रबहादुर कुवँरले ८ लाख ७१ हजार खर्च भएको विवरण पेश गर्नु भएको छ । नेकपा एमाले लमजुङ क्षेत्र नम्बर एकका उम्मेदवार जमिन्द्रमान घले र क्षेत्र नम्बर दुईका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ८ लाख ९५ हजार पाँच सय रुपैयाँ खर्च भएको फाँटबारी बुझाएको छ । त्यस्तै राप्रपा क्षेत्र नं १ का उमेदवार हेमजङ गुरुङले ९ लाख १६ हजार, क्षेत्र नं २ का उमेदवार चर्तुभुज घिमिरेले ५ लाख ६९ हजार, अखण्ड नेपाल पार्टीबाट क्षेत्र नं १ का उमेदवार रामबहादुर रानाभाटले १ लाख ६३ हजार र क्षेत्र नं २ का उमेदवार गोपालबहादुर कुवँरले ७९ हजार ७ सय १ खर्च भएको विवरण बुझाउनुभएको छ । यस्तै क्षेत्र नं १ बाट स्वतन्त्र उमेदवारी दिएका कृष्णप्रसाद आझाले ६० हजार ७ सय १ रुपैया निर्वाचनमा खर्च भएको विवरण पेश गर्नुभएको जिल्ला निर्वाचन अधिकारी रणबहादुर खत्रिले बताउनुभयो । अझै एकिकृत नेकपा माओबादी, संघिय समाजबादी पार्टी, संघिय गणतान्त्रिक समाजबादी पार्टी, परिवार दल लगायतका पार्टीका उम्मेदवारहरुले खर्च विवरण नबुझाएको जनाईएको छ । निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले खर्च विवरण पेश गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । खर्च विवरण पेश गरेका उमेदवारहरुले मतदाता नामावली र सिडी, सवारी साधन, सवारी इन्धन, पर्चा, आमसभा, कार्यकर्ता परिचालन, बुथ खर्च, सञ्चार माध्यम लगायतका शिर्षकमा खर्च भएको देखाएका छन् । निर्वाचन आयोगले प्रत्यक्ष तर्फका उमेदवारले बढीमा १० लाख र समानुपातिक तर्फका उम्मेदवारले बढीमा ७५ हजार रुपैयाँ निर्वाचनमा खर्च गर्न पाउने प्रावधान बनाएको थियो । यद्यपी लमजुङमा एक उमेदवारले एक करोडसम्म चुनाबमा खर्च गरेको जनाईएको छ । उम्मेदवारले सिमा भन्दा बढी खर्च भएको प्रमाण सहित उजुरी आएमा आवश्यक छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने निर्वाचन आयोगले जनाएको छ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता