नेपालले पहिलो खेल भोलि पाकिस्तानसँग खेल्ने

नेपालले पहिलो खेल भोलि पाकिस्तानसँग खेल्ने

काठमाडौँ, १२ पुस । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले भोलि पाकिस्तानको सामना गर्ने भएको छ । 
 
संयुक्त अरब इमिरेट्स (युएई) मा सञ्चालन हुने सो प्रतियोगितामा समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको हो । 
 
दुई समूहमा विभाजन गरिएको सो प्रतियोगितामा समूह ए मा नेपाललगायत पाकिस्तान भारत र युरहेकाछन् भने समूह बी मा बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का, र मलेसिया छन् ।

यसअघि मलेसियामा भएको पहिलो संस्करणको खेलमा नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो भने भारत र पाकिस्तान संयुक्तरुपमा विजेता घोषित भएका थिए ।
 
यस्तै सोही प्रतियोगिताको अघिल्लो संस्करणकै खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो भने भारत र पाकिस्तानसँग हार बेहोरेको थियो ।
 
नेपाली टोलीमा कप्तान भुवन कार्की, उपकप्तान रामनरेश गिरीलगायत प्रकाश विष्ट, ललितसिंह भण्डारी, विभुत्सु थापा, सोमेस यादव, सिद्धान्त लोहनी, यज्ञमान कुमाल, आरिफ शेख, राहुलप्रताप सिंह, सुनिल धमला, राज रिजाल, सुसन भारी, प्रेम तामाङ, र अमित श्रेष्ठ रहेका छन् ।
 
यस्तै यु–१९ कै बलरद्वय सोम पाल कामी र सुशील कँडेलले सो प्रतियोगितामा सहभागिता जनाएका छैनन् । सोम पाल राष्ट्रिय क्रिकेट टिममा प्रवेश गरे भने सुशील घाँटीमा समस्या भएको कारण प्रतियोगितमा भाग लिन सकेनन् । सोम पालको ठाउँमा सुसन भारी र सुशीलको स्थानमा राहुलप्रताप सिंह रहेका छन् । 
 
यस्तै मुख्य प्रशिक्षकमा जंगबहादुर थापा र सहायक प्रशिक्षकमा प्रदीपराज पाण्डे रहेका छन् । 
 
नेपालले दोस्रो खेल यही पुस १४ गते आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ भने तेस्रो खेल १६ गते मङ्गलबार युएईको सामना गर्नेछ । प्रतियोगिता पुस २१ गतेसम्म सञ्चालन हुनेछ । 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता