संविधान जारी गर्न काँग्रेस र एमालेको सरकार बन्नुपर्छ ः अध्यक्ष विजुक्छे
भक्तपुर, १२ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले)बीच सत्ता साझेदारी भएको अवस्थामा एक वर्षभित्र संविधान जारी गर्न सहज हुने धारणा राख्नु भएको छ ।
रफत सञ्चार क्लबद्वारा आज भक्तपुरमा आयोजना गरेको अन्र्तसंवाद कार्यक्रममा बोल्दै उहाँले यी दुई दलमध्ये कुनै एक दल बाहिर रहेमा सरकार सञ्चालनदेखि संविधान जारी हुन नसक्ने धारणा राख्नुभयो ।
दलहरूबीच संविधान निर्माणभन्दा पनि सरकारमा मन्त्रालयको भागबण्डाको विषयमा विवाद आउन नहुने बताउँदै अध्यक्ष बिजुक्छेले जातीय संघीयता नहुनका लागि पनि एमाले र काँग्रेसको सरकार बन्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपतिको निर्वाचन संविधान निर्माणपछि मात्र हुनुपर्ने उल्लेख गर्दै उहाँले देश र जनताप्रति दलहरू उत्तरदायी भएमा मात्र एक वर्षभित्रमा संविधान निर्माण हुनसक्छ भन्नुभयो । रासस

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता