प्रेम कसैको ताजमहल

  1. प्रेम मा कसैले ताजमहल दिए कसैले कुतुमिनार कसैले रानी महल अनि प्राण आहुती मेरी प्रेयसी यो गरीब प्रेमीको तर्फ बाट मात्र शब्दहरुको उपहार !!

    कसरी भनु तिमी मेरी को हौ भनेर । तिमी मेरी धड्कन हौ, जिबनकी संगित हौ । तिमी मेरी जिन्दगी हौ , बन्दगी हौ । तिमी स्फुर्त, तिमी रोशनि, हर खुशी तिमी, प्यारकी गित तिमी, मेरी मनकी मित तिमी । आँखामा तिमी, यादमा तिमी र कल्पना मा तिमी । सपनामा तिमी, मेरा हर कुरामा तिमी ...। निन्द्रामा तिमी, दिनमा तिमी, रातमा तिमी, मेरा हर शन्ध्या तिमी, हर साँझमा तिमी, हर सोचमा तिमी, मेरा हर काममा तिमी । मेरालागी जित पनि तिमी, हार पनि तिमी । मेरो हाँसो पनि तिमी, रुवाइ पनि तिमी । जाग्नु पनि तिमी सुत्नु पनि तिमी। जहाँ जहाँ जान्छु तिमी नै तिमी । जहाँ सम्म देख्छु तिमी अनि तिमी ।
    कसरी बताउ ! तिमी बिनाको म अधुरो पनि । यो जुन तिम्रो रुपमा छ, तेस्सैमा मेरो जिबनको सुख्ख छ । चन्दनले पोत्तिएको तिम्रो शरिर छ । ति मस्तीहरु, बादल भन्दा काला केशहरु । अनुहारमा बसेको चन्द्रामा स्वरमा खुलेको राखिमा । शिशा जस्ता अङ फूलको जस्तो रङ । नदीको जस्तो चाल छ, यस्तो तिम्रो हाल छ । त्यो जिस्मको रङ लाग्छ हजारौ जुन्किरिहरु एकसाथ चम्किरहेका । बाहुपाषाको तिम्रो त्यो अङ्धल्याई ! तिम्रो आँचलको भित्रको मेरो लुकाई । लाग्छ तिमी हौ कुन्नै सुन्दर नगरि । मेरो लागी तिमी धर्म हौ, इमान हौ प्रार्थना र पुकार हौ । तिमी नै मेरी चाहत, अनुराघ अनि आशक्त हौ, अरमान हौ । नियाली रहन्छु हरपल जस्लाई तिमी तेही तस्बिर हौ । तिमी नै मेरो राशी हौ, तिमी नै भुत, तिमी नै भबिस्य । तिमी नै तारा, तिमी नै नजारा । तिमी नै मेरी ध्यान हौ, तिमी नै ज्ञान । तिमी पूर्वमा, पश्सिममा तिमी, उत्तर अनि तिमी दक्षिणमा तिमी । मेरा दिसामा र हरदशा तिमी । मेरो जिबनमा तिमी । हरपलमा तिमी, हरझणमा तिमी । साधन पनि तिमी साध्य पनि तिमी। मार्ग पनि तिमी गन्तब्य पनि तिमी । तिमीलाई नै हेर्छु तिम्रै बारेमा सोंच्छु । म तिमीलाई मात्र जान्दछु तिमीलाई मात्र मान्दछु । तिमी नै मेरी परिचय हौ तिमी नै देबी हौ तिमी नै देबता हौ ।तिमी नै प्रालब्ध तिमी नै अन्त्य । तिमी मेरो सर्बश्व हौ 
    Surendra 

1 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता