महिलाका अधिकारलाई मूल विषयमा उठाउन अधिकारकर्मीको आग्रह

महिलाका अधिकारलाई मूल विषयमा उठाउन अधिकारकर्मीको आग्रह

काठमाडौँ, १२ पुस ।  पितृ सत्तात्मक सोचका कारण पछाडि पारिएका महिलाका मूल मुद्दालाई उठाएर संविधानमा समावेश गर्नुपर्नेमा महिला अधिकारकर्मीले जोड दिएका छन् । 
 
महिला पुनःस्थापना केन्द्र नेपाल र महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको संयुक्त आयोजनामा आजदेखि सुरु भएको कार्यक्रममा ओरेक नेपालकी अध्यक्ष डा रेणु राजभण्डारीले नवनिर्वाचित सभासद्हरूले महिला अधिकारका मूल मुद्दालाई उठाएर लगेमात्र समावेशी संविधान बन्न सक्ने बताउँदै जीविकोपार्जनसम्बन्धी नीति निर्माणमा महिला सहभागिता बढाउन आवश्यक रहेको प्रष्ट पार्नुभयो । 
 
तीनदिने परामर्शमा आज पहिलो दिन संविधानसभाका सभासद्लाई सम्मानका साथै महिलाको दृष्टिकोणमा दिगो जीविकोपार्जन र महिलाको गतिशीलताको अधिकार विषयमाथि छलफल गरिएको छ । 
 
छलफल कार्यक्रमा ७५ वटै जिल्लाका महिला अधिकारकर्मीको सहभागिता रहेको छ । रासस

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता