» खेलको विकास गर्न संविधान र स्थायी सरकार चाहिने सभाषद कुँवरको भनाई
लमजुङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सभाषद चन्द्रबहादुर कुँवरले खेलकुदको विकासका लागी पनि संविधान र स्थायी सरकार चाहिने बताउनुभएको छ ।
बेसीशहरमा आज देखि शुरु भएको त्रिवेणीकप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । निर्वाचनमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउने म्याण्डेट पाएको भन्दै
कुँवरले सरकार बनेपनि लमजुङको खेल क्षेत्रको विकासमा पहल गर्ने बताउनुभयो । सभाषद कुँवरले खेलकुदको विकासका लागी सबै पक्षले चासो दिनुपर्नेमा जोड दिँदै लमजुङ खेलप्रेमी र खेलाडीहरुको जिल्ला भएकवो बताउनुभयो । लमजुङका खेलाडीहरु पनि देश विदेशमा ख्याती कमाउन सक्ने भन्दै सानै उमेर देखि खेलकुदमा लगाउनुपर्नेमा जोड दिनुभयो । लमजुङ जिल्ला भौगोलिक दृष्टीबाट समेत अत्यन्त राम्रो भएको भन्दै उहाँले सबै किसिमका सुविधाका लागी जिल्लामा रहेका क्लबहरु समेत एक जुट हुनुपर्ने सभाषद कुँवरको भनाई छ । उहाँले खेलकुद क्षेत्रमा लमजुङ अगाडी भएपनि व्यवस्थित हुन नसकेको भन्दै उहाँले खेलाडीलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । खेलकुद मैदान निर्माणका लागी सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सभाषद कुँवरले लमजुङमा पनि फुटबलको टे«निङ सेन्टर स्थापना गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले अनुशासन पुर्वक खेल खेल्न खेलाडीलाई आग्रह गर्नुभयो । कार्यक्रममा आयोजक त्रिवेणी युवा क्बलका अध्यक्ष कृष्णजंग गुरुङले पुरा साईजको फुटबल मैदान निर्माणका लागी सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । उहाँले त्रिवेणीकप फुटबल प्रतियोगिताको नियम सुनाउनुभएको थियो ।
कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ एन्फा लमजुङका अध्यक्ष विश्व पौडेलले खेल मैदानका लागी जग्गा नभएकाले पुरा साईजको मैदान बनाउन समस्या परेको बताउनुभयो । फुटबलको विश्व संगठन फिफाले लमजुङमा खेलमैदान निर्माणका लागी दिएको झण्डै ५० लाख रुपैयाँ दिएको भन्दै जग्गा नहुँदा रकम फ्रिज हुने अवस्था आएको बताउनुभयो । उहाँले लमजुङका कारण अन्य दश जिल्लाको रकम समेत फ्रिज हुने भएकाले यस तर्फ ध्यान दिन संवन्धित निकायलाई आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामचन्द्र पौडेल, क्लबका संस्थापक अध्यक्ष कृष्णबहादुर अधिकारी, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भेषबहादुर पौडेल लगायतले मन्तव्य राख्दै लमजुङको खेल विकासमा आवश्यक खेल मैदान र कभर्डहलको अभाव रहेको बताउनुभएको थियो । कार्यक्रममा राष्ट्रिय रेफ्री सुरज सायमीले आयोजक क्लबलाई उपहार स्वरुप फुटबल जर्सी प्रदान गर्नुभएको थियो । उद्घाटन समारोहमा स्वागत मन्तव्य आयोजक त्रिवेणी युवा क्लबका उपाध्यक्ष गोविन्द बस्नेतले राख्नुभएको थियो भने सहजीकरण सचिव एवं रेडियो मस्र्याङ्दीका उद्घोषण्क मनमाया गुरुङले गर्नुभएको थियो ।


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता