संविधान नबनुन्जेल सहमतीय सरकार बन्नुपर्नेमा जोड’
संविधान नबनुन्जेल सहमतीय सरकार बन्नुपर्नेमा जोड’
काठमाडौँ, १२ पुस । प्रमुख राजनीतिक पार्टीका नेताले संविधान नबनुन्जेल सहमतीय सरकार गठन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सहमतीय सरकारलाई पहिलो प्राथमिकता दिएर काँगे्रस अगाडि बढेको बताउँदै काँग्रेसबाट सभापति सुशील कोइराला प्रधानमन्त्रीको प्रत्याशी हुने विचार व्यक्त गर्नुभयो ।
नेकपा(एमाले)का केन्द्रीय सदस्य भीमबहादुर रावलले ठूलो दलको हैसियतमा काँगे्रसलाई सहमतिका लागि स्पष्ट खाका ल्याउन आग्रह गर्दै सहमतीय सरकार बन्नुपर्ने पक्षमा आफ्नो दल रहेको धारणा राख्नुभयो । दलहरुबीच भएको चारबुँदे सहमतिअनुसार अब एमाओवादी पनि सरकारमा आउनुपर्ने उहाँको भनाइ थियो ।
एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले काँग्रेस नेतृत्वमा सरकार बने आफ्नो दलले सहयोग गर्ने वचन दिनुभयो ।
नेकपा(माले)का महासचिव सिपी मैनालीले ठूला दलले संसद् बाहिर फेरि समिति बनाउने भनी गरेको सहमतिले साना दललाई आशङ्का उत्पन्न गराएको बताउँदै संविधानसभा बाहिर रहेका दललाई सहमतिमा ल्याउन मात्रै त्यस्ता समितिहरुको प्रयोग गरिनुपर्नेमा जोड दिनुभयो । रासस

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता