गजल,,,,,,,,,,हरी ओली

"-----------गजल-----------" गर्ने छु काम देशमा गई ,कम्मर कसेर , त्यै खेति राम्रो सपार्छु अब,म घर बसेर / परिवार सित बसेकै थिएँ,हाँसि र खुशीले , घरबारी राखी बिदेश आएँ ,रहर पसेर / थुक र तेल जोड्दै छु पैसा,पसिना बगाई , दु:खको काम रातो र दिन,अङ्गार घसेर / बाहिर काम चर्को छ घाम,त्यो माथि बचन, तिर्खाको बेला निस्किन्न पानी,बगर रसेर / साहुको रिन तिरि है सकेँ,बाँकी त जे होला, जाँदैछु छिट्टै बस्दिन अरु ,म धेर फसेर 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता