नेपाल बारुदी धरापमुक्त देश घोषित

नेपाल बारुदी धरापमुक्त देश घोषणा भएको छ । संयूक्त राष्ट्रसंघले नेपाललाई आज बारुदी सुरुङमुक्त देश घोषणा गरेको हो । ललितपुरको फुलचोकी डांडामा रहेको अन्तिम बारुदी सुरुङ आजै हटाई नेपाललाई बारुदी धराप.मुक्त देश घोषणा गरियो । प्रधानमन्त्री झलनाथ खनाल र प्रधान सेनापति छत्रमानसिंह गुरुड.ले फुलचोकीको अन्तिम बारुदी धराप हटाउने कार्य सम्पन्न गर्नुभयो । बारुदी सुरुडं हटाउने नेपाल दोश्रो  देश भएको छ । विश्वमा बारुदी सुरुड. हटाउने पहिलो देश भने रुवाण्डा हो । माओवादीले २०५२ सालमा शुरु गरेको सशस्त्र युद्धसंगै माओवादी लडाकु र नेपाली सेनाले एक अर्काविरुद्ध बारुदी धराप थाप्दै आएका थिए । विस्फोटक पदार्थ भुईमा विच्छ्याएर सत्रु पक्षलाई हानी पुर्याउने रणनीीत दुबै पक्षले बनाए पनि कयौ सर्वसाधारणले यसैमा परी ज्यान गुमाउनुका साथै अंगभंग भएका थिए । नेपाली सेनाले देशभर ५३ ठाउंमा २ सय ५६ वटा यस्ता बारदी सुरुडं विच्याएको थियो । २०६३ साल मंसिर ५ गते शान्ति सम्झौता भई सशस्त्र युद्धको अन्त्य गरिए लगत्तै राष्टसंघले बारुदी धराप हटाउन शुरु गरेको थियो । -

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता