हिन्दु राष्ट्र घोषणाको माग राख्दै सिराहा बन्द

सिराहा, पौष १३ । बैदिक सनातन हिन्दु तथा गौबंश संरक्षण संघर्ष समितिले नेपाललाई संंवैधानिक रुपमा हिन्दु राष्ट्र घोषणाको माग गर्दै आज गरेको सिरहा जिल्ला बन्दको असर आंशिक रुपमा परेको छ ।गौबंश हत्या सर्वत्र बन्दहोस् भन्दै चार दिन यता आमरण अनसनमा बसेका १७ जनामाथि प्रहरीले हिजो हस्तक्षेप गरेको बिरोधमा बन्द गरिएको आयोजकले बताएका छन् । justify;">गौबंश हत्याको बिरोध गर्दै आयोजना गरिएको श्रीमद् भागवत गौज्ञान महायज्ञ पछि पंडित एवं बाचक शिरोमणि श्री निवास आचार्यसहितका भक्तजनहरु अनसन बसेका थिए । बन्दकर्ताले गौहत्या बिरुद्ध चेतना फैलाउनुपर्ने, दोषीलाई कडा कार्वाही गरिनुपर्ने, नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने लगायतका माग राखेका छन् । 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता