१४ पुस, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड पारिवारिक विषयमा पटक-पटक विवादमा तानिँदै आउनुभएको छ । तर, आफ्नै कारणले नभएर पत्नी सीता दाहाल र छोरा प्रकाशका कारण । ‘सर्वहारावर्ग’ का नेता भनिए पनि प्रचण्डको उठबस र लवाइ-खवाइको पनि पार्टीभित्रैबाट निकै ठूलो चर्चा र आलोचना हुँदै आएको छ । र, यसको असर हालै सम्पन्न संविधानसभा चुनावमासमेत परेको छ । तर, भित्री खासखुस कुराकानीमा यसलाई स्वीकार गर्ने एमाओवादी नेताहरु औपरिचारिक फोरमहरुमा प्रचण्डबारे प्रश्न उठाउन आँट गर्दैनन् । एमाओवादी नेताहरुकै शब्दमा ‘मुखले बोले बाइलो हुन्छ, झिम्काई देऊ परेली’ भन्ने गीतझै प्रचण्डको विपक्षमा बोले विवादमा परिन्छ भन्दै नेताहरु चुप बस्ने गरेका छन् । तर, संविधानसभा चुनावमा अप्रत्यासित हार व्यहोरेपछि समीक्षा गर्न बसेको बैठकमा भने केही नेताहरुले प्रचण्डको पारिवारिक मामिलामा प्रश्न उठाउने आँट छन् । स्रोतका अनुसार उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसहितका नेताहरुले पेरिसडाँडामा सम्पन्न पूर्वपोलिटब्यूरो सदस्यको बैठकमा प्रचण्डमाथि प्रश्न उठाउने आँट गरेका छन् । स्रोतका अनुसार श्रेष्ठले प्रचण्डको भारतीय खुफिया एजेन्सी रअका अधिकारीसँग उठबस रहेको भन्दै कांग्रेस नेता अमरेशकुमार सिंह र व्यापारी अजय सुर्मागीसँग सम्वन्ध तोड्न आग्रह गर्नुभएको छ
साइँलाहरुको प्रचण्डलाई सुझाव – सीता र प्रकाशलाई चितवन पठाउनोस्

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता