''बैशमा नफुलेको फूल ''को सानो अंश !! --------------------------
सानु ,जीवनको गोरेटोहरुमा यात्रा गर्दा कहिले ठेस लाग्छन् । त्यसलाई स्वभाविक मान्नु पर्छ । तर पनि कहिलेकाहिँ नचाहँदा नचाहँदै पनि बिकराल अवस्था सिर्जना हुन पुग्दा असमझदारीको अवस्था सिर्जना हुनुले कहिलेकाहिँ राम्रै संग झगडा हुन पुग्छ । तिमी त संसार बुझेको मान्छे, नारीहठ लिनु... तिमीलाई कत्ति पनि शोभा दिँदैन । तिमी हामीमा दीगो र स्थायी सम्बन्ध यसै पनि छ । हामी सधैँ
यस्ता कुरामा झगडा गर्नु पनि हाम्रो लागि फाईदाकारक हुँदैन ।
मैले भन्ने तथानाम भित्र मायाको सम्मिश्रण छ भन्ने तिमीले बुझ्नु जरुरी छ । तिमीले कुरा बुझ्नु नितान्त जरुरी छ । किनकी हामी एक अर्का बिना बाँच्न नसक्ने भएका छौँ ।मलाई घर ब्यबहार सबै तिरका बिरक्तले गर्दा म नराम्रो संग बिरामी परेको छु । साना साना कुराले पनि मेरो मुटु मज्जाले हल्लाउँछ । कुनै दिन मलाई ठुलै हार्ट एट्याक हुन्छ झैँ लागेको छ । अहिले सम्म त त्यसरी मुटुको औषधी
खानु परेको छैन । तर भाग्यवश भगवानको कृपाले ब्लड प्रेशर चाहिँ अझ सम्म देखा परेको छैन । मलाई मुटुको रोग यो भन्दा धेरै नबढोस् भन्ने भगवान संग कामना गर्दछु र तिमीले पनि यहि कामना गर्नु । मुटुमा असर पर्नु मुटुको रोग त होइन, तर कुनै पनि अस्वभाविक घटना हठात् सुन्नु पर्यो भने र कुनै दुर्घटना देखेँ भने म बेहोश हुने गर्छु । खै मलाई अब यहि रोगले पो लैजान्छ कि भनेर चिन्तित छु । म बाँच्न चाहन्छु । म मायाको भोको हुँ ।
मैले खोजेको अजस्र माया तिमी बाट मात्र पाउने सम्भावना देखेर निरोगी भई बाँच्न सक्छु कि भन्ने आशा लिएको छु । मलाई अब निरोगी भई बचाउने जिम्मा तिम्रो पोल्टामा हालिदिएको छु । किन किन म औधि रोएको छु मेरी प्रिया । मेरो मन धेरै प्रताडित भएर मर्नु पर्यो भने मेरो सारा सपना चकनाचुर हुन्छ । जसरी तिमीले बाँच्ने आधार मलाई सम्झेकी छ्यौ , त्यसै गरी मैले पनि मेरो बाँच्ने आधार तिमीलाई सम्झेको छु ।
सानु , प्लिज तिमीले मलाई बचाउ । प्लीज मलाई बचाउ । म धेरै आत्तिएको छु । धेरै रोएको छु । म बिरामी छु । इसीजी गर्न भन्दै थियो, पैसा नभएर फर्किएर आएको छु । ग्लूकोज पानी र तरबूजो खानु भनेर त्यहि खाएर सुतिरहेको छु । म मर्न चाहन्न बाबा ---------------
'बैशमा नफुलेको फूल ''को सानो अंश !


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता