आफ्नै बाबुको हत्याका कारण हिरासतमा रहेका युवाले आत्महत्या गरे
पुस १५, घोराही ।
आफ्नै बाबुको हत्या गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका एकयुवाले आत्महत्या गरेका छन् । आफ्नै बाबुको हत्या गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका सैघा– ७ धनडाँडाका २९ वर्षीय गिरिराज खनालले शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार बिहान ३ बजेतिर शौचालयमा गई आफ्नै ज्याकेटको चेन र मोजाको डोरी बनाएर भेण्टिलेशनममा पासो लगाई आत्महत्या गरेको पाइएको हो । घटनाबारे अनुसन्धान गर्न प्रहरीले अनुसन्धान टोली गठन गर्ने भएको छ ।
अनुसन्धानको क्रममा सुरक्षामा खटिएका प्रहरीको कमजोरी देखिएमा कारवाही समेत प्रहरी अधिकारीहरुले बताएका छन् ।
आत्म हत्या गरेका खनालले गत मंसिर ३० गते आफ्नै बाबु ६९ वर्षीय झगरूप्रसाद खनाललाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए । आरोपमा उनले स्विकार समेत गरिसकेको प्रहरीले बताएको छ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता