माओवादी कार्यालयमा आगजनी

१६ पुस, धादिङ- समानुपातिक सूचीमा असन्तुष्टी जनाउँदै एमाओवादीका कार्यकर्ताले सदरमुकाममा रहेको जिल्ला पार्टी कार्यालयका सामग्री जलाएर तालाबन्दी गरेका छन् । पार्टीले जिल्लाबाट समानुपातिक सुचीमा सभासद नसमेटेको भन्दै एमाओवादी कार्यकर्ताले आफ्नै पार्टी कार्यालयको फर्निचर, कागजपत्रलगायत सामग्री जलाएका हुन् । पार्टी कार्यालय परिसरमा सामग्री जलाएर उनीहरुले अनिश्चितकालिन तालाबन्दी समेत गरेका छन् ।
maoist-party-officeआगजनी र तालाबन्दी गर्ने पार्टी कार्यकर्ताहरुले प्रेस विज्ञप्ति प्रकाशित गरि जिल्लाबाट कुनै पनि नेता समानुपातिक सभासदमा सिफारिश नभएकोमा ध्यानाकर्षण भएको जनाएका छन् । वाईसीएल क्षेत्र नं. २ का अध्यक्ष राजेश अधिकारी र सचिव अमृत तामाङद्धारा हस्ताक्षरीत विज्ञप्तीमा समानुपातिकमा जिल्लाबाट सहिद परिवारको प्रतिनिधित्व हुनुपर्ने, जिल्ला अधिवेशन तत्काल गरिनुपर्ने माग राखिएको छ ।
एमाओवादीका पूर्व जिल्ला इन्चार्ज रामबहादुर भण्डारीले पार्टीले आर्थिक र पारिवारिक हिसाबमा पूर्व आईजीपी रविन्द्रप्रताप शाहलाई समानुपातिक सभासदमा सिफारिस गरेकोमा कार्यकर्ताहरु आक्रोशित भएको बताए । पार्टीले मापदण्डवितरीत समानुपातिक सभासद सिफारिस गरेपछि आगजनी र तालाबन्दी भएको जनाएका छन् ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता