यी र यस्तै भाव बोकेका नेपालीपनका कविताबाट चिनिन्छन्, कवि तीर्थ श्रेष्ठ। उनका कवितामाथि शनिबार पोखरामा परिचर्चा गरियो। यसको चाँजोपाँजो मिलाएको हो, र्यान्डम रिडर्स सोसाइटी अफ नेपालले। सोसाइटीको ३६औं शृंखलामा 'कवि तीर्थ श्रेष्ठका कविताहरूको प्रवृत्तिगत अध्ययन' शीर्षकको छलफलपत्र प्रस्तुत गरेका थिए समालोचक अनुपमणि अधिकारीले।
कवि श्रेष्ठका कवितामा नेपाली जनजीवनका पाटाहरूलाई सरल र सरस ढंगले उठाइएको भन्दै अधिकारीले पोखराले मात्र नभई सिंगो नेपाली साहित्यले गौरव गर्नसक्ने प्रतिभा भएको बताए।
कवि श्रेष्ठका तीर्थ श्रेष्ठका कविताहरू, जिन्दगीको कुरुक्षेत्रबाट, पाइलाका निबहरूले, महाभारतको गीत र मेरै हिमालजस्तो गरी पाँचवटा कृति प्रकाशित छन्। 'प्रेमको पुस्तक' कवितासंग्रह निकट भविष्यमै प्रकाशोन्मुख छ। कार्यक्रममा कवि श्रेष्ठले कविता लेखनको अनुभव सुनाउँदै आफूले कहिल्यै पनि कवि हुन्छु भनेर कविता नलेखेको बताए।
उनले भने, 'कविता लेखेर मैले आनन्द पाएँ। कविता लेखनका सुरुआती दिनमा नवकविले आफूलाई संसारकै ठूलो महसुस गर्छ।' उनले जति कविता सिर्जना गर्दै गयो, उति कवि खुम्चिँदै जाने अनुभव सुनाए। उनले भने, 'यो मैले आफैंले भोगेको हो।' जमानाअनुसार कविता सोचाइमा फरक आएको भन्दै उनले भने, 'कविले कविता लेखेको अरूको सन्तुष्टि र बुझाइका लागि नभएर आफ्नै खुसीका लागि हो।'
साहित्यकार सरुभक्तले कवि तीर्थ श्रेष्ठले नेपाली कवितालाई पोखराबाटै राष्ट्रिय साहित्यमा चुनौती दिएको बताए। कलाकार दुर्गा बराल 'वात्स्यायन'ले कवि तीर्थ श्रेष्ठ स्तरीय कविता लेख्ने कविका रूपमा आफूले पाएको बताए। उनले तीर्थ पोखरालाई साहित्यिक तीर्थस्थल नै बनाउन सफल भएको भन्दै प्रशंसा गरे।
कार्यक्रममा सरस्वती प्रतीक्षा, लक्ष्मण थापा, ईश्वरमणि अधिकारी, यादवराज उपाध्याय, महेन्द्र रिमाल, शीतल गिरी, विष्णु पौडेल, डिल्लीप्रसाद ढुंगानालगायतले टिप्पणी गरेका थिए।
पुस्तक छनोट समितिका संयोजक विष्णुप्रसाद पौडेलले सोसाइटीको ३७औं शृंखलामा आगामी माघ २५ गते रूपिन्द्र प्रभावीले अखण्ड भण्डारीको उपन्यास 'मलाया एक्सप्रेस' माथि परिचर्चा गर्ने जानकारी दिए।
स्रष्टा परिचयअन्तर्गत तनहुँ घर भई हाल कुवेतमा रहनुभएका साहित्यकार राजन रिमालको परिचय दिँदै युवा साहित्यकार अमृत सुवेदी 'गुराँस'ले विदेशमा रहँदा पनि रिमालले नेपाली साहित्यप्रति देखाउनुभएको लगाव प्रशंसनीय रहेको बताए। सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता