अब बाँकेका यात्रु बसमा पनि ‘इन्टरनेट वाईफाई’ बाँके, २५ पुस । तपाईंसँग ‘इन्टरनेट वाइफाई’ प्रविधिको मोबाइल वा ल्यापटप वा आइप्याड जस्ता साधन छन् ? छन् भने, अब बस यात्रामा पनि साथीभाइ तथा परिवारका सदस्यसँग च्याटिङ गर्न सक्नुहुन्छ। नमस्ते नेपालअन्तर्गत नेपालगन्ज—काठमाडौं सञ्चालनमा रहेको ‘कान्तिपुर डिलक्स’का सञ्चालकले बसमा इन्टरनेट—वाइफाई सुविधा थपेपछि त्यसबाट मोबाइल हुनेहरुमा खुसियाली छाएको छ। सो बसका यात्रुहरुले च्याटिङ मात्र होइन, यात्रा अवधिमा बसभित्रै ‘गुगल’को प्रायः सबै सुविधा प्रयोग गर्नसमेत पाउने छन् । नमस्ते नेपालका उपाध्यक्ष गोविन्द पौडेलका अनुसार यात्रुको मागलाई दृष्टिगत गरी सबै १३ वटा बसमा वाइफाई सेवा उपलब्ध गराइएको छ । “नेपालगन्ज—काठमाडौँ ५ सय ४० किलोमिटरको बस यात्रा पट्यारलाग्दो हुने भएकाले सूचनाबाट यात्रुलाई साक्षात्कार गराइरहने अब बाँकेका यात्रु बसमा पनि ‘इन्टरनेट वाईफाई’ -
उद्देश्यका साथ सो सेवा उपलब्ध गराइएको हो,” उहाँको भनाइ छ । -
अब बाँकेका यात्रु बसमा पनि ‘इन्टरनेट वाईफाई’

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता