सूर्यबहादुर थापाले दोस्रो संविधानसभा सदस्यको पहिलो सपथ खाने

काठमाडौं : दोस्रो संविधानसभाका जेष्ठ सदस्य सूर्यबहादुर थापाले राष्ट्रपति डा. रामवरण यादवबाट माघ ६ गते शपथ लिने भएका छन्। मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले माघ ८ गते संविधानसभा बैठक आह्वान गरेपछि संविधानसभा सचिवालयले ज्येष्ठ सदस्यको शपथसम्बन्धी कार्यक्रम तय गरेको हो।
सभाध्यक्ष निर्वाचित नभएसम्म थापाले संविधानसभाको अध्यक्षता गर्नेछन्। थापालाई शपथ गराउन संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा लैजाने र शपथपछि झन्डावाल गाडीमा राखेर अध्यक्षको सुविधा प्रदान गर्नेछ।
सचिवालयका अनुसार राष्ट्रपतिबाट शपथ लिएको भोलिपल्ट थापाले अन्य सदस्यलाई शपथ गराउनेछन्। संविधानसभा सदस्यको शपथ कार्यक्रम माघ ७ गते संविधानसभा भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ।
पहिलो संविधानसभाका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले भने अन्य सभासद्सामु शपथ लिएर अरूलाई शपथ गराएका थिए। तर अहिले ज्येष्ठ सदस्यको शपथसम्बन्धी अध्यादेश जारी गरेर ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने व्यवस्था गरिएको हो।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता