तस्करीको बिर्यबाट जन्मियो पहिलो बच्चा

first-baby-born-from-smuggled-sperm
मान्छेलाई इच्छामात्र हुनुपर्छ त्यसलाई पुरा गर्ने बिधि अनेक निष्किन्छन् । चाहे जस्तोसुकै प्रतिकुल अबस्था किन नहोस् ।
इजरायलकी एक महिलाले हालै आमा बन्ने उत्कट चाहना पुरा गरेकी छिन, त्यो पनि तस्करीको बिर्यमार्फत् । बीर्य तस्करी गर्नु उनको रहर नभई बाध्यता हो । यसका पछाडी उनको पीडादायी कथा पनि लुकेको छ ।
इजरायल पोष्टका अनुसार हाना अल–जानेन र तामेरबीच २००६ मा विवाह भएको थियो । विवाहको तीन महिनापछि तामेर पक्राउ परे । इजरायली मानिसको हत्याको आरोपमा उनलाई १२ वर्षको जेल सजाय सुनाइयो ।
हनिमुन नसकिँदै जीवनसाथीको पक्राउले हानालाई जति दुःखी बनाएको थियो त्योभन्दा बढि आमा बन्ने चाहना पुरा नहोला कि भन्ने चिन्ता पनि थियो । हानाले पटक–पटक पतिसँग भेटाइदिन जेल प्रशासनलाई आग्रह गरे पनि सुरक्षाको कारण देखाउँदै सुनुवाइ भएन ।
त्यसपछि तामेरले आफ्नो वीर्य श्रीमतीसमक्ष पु¥याउन तस्करी गराए । श्रीमानले जेलबाट पठाएको बीर्यमार्फत् हाना चिकित्सकको सहयोगमा गर्भवती भइन् । गत शुक्रबार उनको छोरा जन्मिएको छ । गाजा पट्टीमा यो प्रयोग पहिलो भएको बताइएको छ ।
हानाले अस्पतालबाट दिएको बयानमा भनेकी छन्–‘हामीले प्रमाणित गरेका छौं कि तपाई कसैलाई पनि आमा बन्ने अधिकारबाट रोक्न सक्नुहुन्न ।’
इजरायलको गाजा पटट्टीका कैदीहरुलाई परिवारसँग भेट्ने अनुमति छैन, जहाँ करिव ५ हजार कैदी छन्

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता