२९ पुस, जनकपुर । जनकपुरमा अञ्चलमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएका व्यक्तिलाई पनि सवारी चलाउन छुट दिइएको छ ।
प्राविधिक कारण देखाएर जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालयले दस महिनादेखि सवारी चालक अनुमतिपत्र बाँड्न बन्द गरेको छ । यो अवधिमा नयाँ मोटरसाइकल भने धमाधम विक्री हुने क्रम जारी छ ।
लाइसेन्स दिन बन्द गरेको ०६९ चैतदेखि अहिलेसम करिब १२ हजार मोटरसाइकल बिक्री भइसकेको यातायात कार्यालयकै मोटरसाइकल दर्ता शाखाको तथ्यांकमा उल्लेख छ ।
यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरणमा ढिलाई गरेपछि लाइसेन्स नभएका चालकलाई रोक्न सम्भव नभएको जिल्ला ट्राफिक प्रमुख राजन भेटुवाल बताउँछन् । ‘सवारीसाधन रोकेर लाइसेन्स माग्दै उल्टै हामीलाई हप्काउँछन् ।’ एक ट्राफिक हवल्दारले भने ।
यातायात व्यवस्था कार्यालयका प्रमुख रामकाजी खनालले सवारी चालकको परिक्षण विधि केन्द्रबाटै परिमार्जन भएर आउन ढिलाई भएकाले लाइसेन्स वितरण गर्न नसकिएको बताए ।
ट्रायलका लागि उपयुक्त जग्गा नभएकाले लाइसेन्सका परिक्षा लिन ढिला भएको खनालले बताए । उनले फागुनसम्ममा लाइसेन्सको परिक्षा लिने बताएको खबर आजको नागरिक दैनिकले छापेको छ ।
लाइसेन्सबिनै १२ हजार मोटरसाइकल सडकमा

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता