विश्वहिन्दु महासंघले माग्यो राजाबिनाको हिन्दुराज्य

विश्वहिन्दु महासंघले माग्यो राजाबिनाको 

Ramchandra-Adhikariकाठमाडौं, २९ पुस । विश्वहिन्दु महासंघले तत्काल राजाबिनाको हिन्दुराज्य स्थापित गर्न सरकारसँग माग गरेको छ । महासंघले दलहरुको स्वार्थका लागि कायम गरिएको धर्मनिरपेक्ष राष्ट्रमा मुलुक धार्मिक युद्धमा जान लागेको भन्दै सबै धर्माबलम्वीहरु, भाषा–भाषी, जातजातिको साझा थलोको लागि पनि हिन्दूराज्य कायम हुनै पर्ने माग राखेको हो ।
महासंघले नेपाल र नेपालीहरुको पहिचान, नेपालमा स्थापित सबै भाषा, धर्म, संस्कृति र संस्कारलाई जिवन्त राख्न सर्वधर्म स्वतन्त्र हिन्दूराज्य कायम गर्न देशव्यापी अभियान सञ्चालन गर्ने, गो वध र गो वंशको हत्यामा पूर्ण प्रतिवन्धका लागि सरकारसँग विद्यमान कानुनको पूर्ण पालना गर्न गराउन माग गर्ने, धर्म संस्कृतिको जगेर्ना गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने २६ जनामा ४ जना धार्मिक क्षेत्रका प्रवुद्ध व्यक्तिलाई मनोनित गर्ने जस्ता सरकारसँग पाँच सूत्रीय माग अघि सारेको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले धर्म निरपेक्षता अन्त्य गरी हिन्दूराज्य स्थापना गर्ने, गौरक्षा गर्दै धर्म परिवर्तनलाई तत्काल बन्द नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए । उपाध्यक्ष शंकरदत्त वडुले भने– दलहरुको व्यक्तिगत स्वार्थले ल्याएको धर्मनिरपेक्ष राष्ट्रलाई आगामी संविधानमा धर्मसापेक्ष राष्ट्र नबनाए धार्मिक युद्धलाई कसैले रोक्न सक्दैन, दलका नेताहरुले बुभ्mनु जरुरी छ । केन्द्रीय सदस्य श्रीमती यमनादेवी श्रेष्ठले आगान्तुक धर्मको चालवाजीलाई बेलैमा बुझेर आप्mनो धर्म, संस्कृति र संस्कारको जगेर्नामा ८३ प्रतिशत हिन्दूधर्मावलम्बीहरु नलाग्ने हो भने नेपाल र नेपालीको पहिचान गुम्ने चेतावनी दिईन ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता