डाक्टर विदेशमा, क्लिनिक नेपालमा

२८ पुस, जनकपुर। जनकपुर अञ्चल अस्पताल छेउमा रहेको धनुषा डेन्टल केयरका सञ्चालक डा. उमेश यादव दुई वर्षदेखि उच्च शिक्षाका लागि भारतमा छन् ।
त्यस्तै डा. यादवकै डेन्टल सेन्टरभन्दा केही पर रहेको राजदेवी डेन्टलका क्लिनिकका डा. राजीव शर्मा पनि उच्च शिक्षाका लागि दुई देखि नै चीनमा छन् ।
उनीहरुको क्लिनिक भने दुई वर्ष अघि देखि डाक्टरविनै चलिरहेको छ । उनीहरु विदेशमा भए पनि क्लिनिक भने निर्वाधरुपमा चलिरहेका हुन् । यी क्लिनिक त उदाहरण मात्रै हुन् । नेपालमा क्लिनिक चलाएर विदेश पढ्न बस्ने धेरै डाक्टरका कारण विरामीको स्वास्थ्य जोखिममा परेको छ ।
धनुषाका अधिकांश डेन्टल अस्पताल तथा क्लिनिक वर्षौंदेखि डाक्टरविनै चलिरहेका छन् । सरकारी निकायकै मिलेमतोमा ती क्लिनिक तथा अस्पताल सञ्चालन हुँदै आएका हुन् ।
जिल्ला जनस्वास्थ्य प्रमुख उपेन्द्रप्रसाद भगतले चिकित्सकविनै डेन्टल क्लिनिक सञ्चालन र्गु गैरकानुनी भएको बताए । वर्षको दुईपटक अनुगमन गर्ने जनस्वास्थ्य कार्यालयले यस्ता गैरकानुनी क्लिनिकलाई कारवाही प्रकृया भने अघि नबढाएको खबर आजको नयाँ पत्रिकाले प्रकाशित गरेको छ ।
doctor

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता