»
धनको लोभमा पुलिसका गृहिणी धमाधम ‘सुराकी’
धनको लोभमा पुलिसका गृहिणी धमाधम ‘सुराकी’
२९ पुस, काठमाडौं । गत भदौमा बौद्दबाट समातिएको १६ किलो सुन तस्करीको सुराकीका रुपमा उक प्रहरीले आफ्नै पत्नीको नाम राखेर सुराकी रकम लिएको नयाँ रहस्य सार्बजनिक भएको छ ।
चीनको राजधानी बेइजिङबाट तिब्बत हुँदै तातोपानी नाकाबाट नेपाल भित्रिएको उक्त सुनको असली सुराकी तिब्बतीयन नागरिक नै भए पनि सुन पक्राउ गर्ने कमाण्डमा खटिएका इन्स्पेक्टर कृष्णबहादुर चन्दले पत्नी ज्योतिकुमारी पालको नाम सुराकीमा राखी ९८ लाख ८४ हजार तीन सय ४३ मध्ये २५ प्रतिशत आयकर २४ लाख ७१ हजार ८६ रुपैयाँ कटाई ७४ लाख १३ हजार २ सय ५७ रुपैयाँ चन्दले पत्नीलाई राजस्व अनुसन्धान विभागमा लगेर उक्त रकम बुझेको बताइएको छ ।
तिब्बतबाट नेपाल सुन तस्करी हुँदै गरेको सुराकी पाएका चन्दले पत्नी ज्योतिले सुरकी दिएको भन्दै रकम निकासा गरेर राजस्व अनुसन्धान विभागमा महानिर्देशक भरतराज सुवेदीले २० लाख रुपैयाँ लिएको समेत बताइएको छ ।
प्रहरी निरीक्षक चन्द अहिले इलाका प्रहरी कार्यालय खानिखोला धादिङमा कार्यरत छन् । उनीसँग यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन नचाहेको खबर आजको नेपाल समाचारपत्रले प्रकाशित गरेको छ ।
Labels:
0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता