काठमाडौ, पुस २१ - विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले
आजदेखि दुईसय वटा
आरामदायी ‘प्रिपेड’ ट्याक्सी सेवा सञ्चालन गरेको छ ।
अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलबाट राजधानी, आसपासका जिल्ला र लामो
यात्रामा समेत यात्रीले सेवा उपयोग गर्न पाउने नयाँ ‘प्रिपेड’ ट्याक्सीका लागि
प्रतिकिलोमिटर रु ७५ का दरले भाडा तिर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाहरूसँग साझेदारी गरी झण्डै रु ६० करोडको लगानीमा सञ्चालन
गरिएको नयाँ ट्याक्सी सेवाअन्तर्गत पहिलो चरणमा दुईसय वटा फोर्ड र मारुती कम्पनीका
आकर्षक एवम् आरामदायी मोटरकार यात्रीहरूको सुविधाका निम्ति प्रयोग गरिएको छ ।
विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले दोस्रो चरणमा थप एकसय
वटा त्यस्तै ट्याक्सी सडकमा ल्याउने जनाएको छ । यसअघि विमानस्थलबाट सेवा प्रवाह
गर्दै आएका हरियो नम्बर प्लेटका सबै पुराना ट्याक्सीलाई नयाँ ट्याक्सीले विस्थापन
गरेका छन् । हरियोप्लेटका ट्याक्सी चालक/व्यवसायी स्वतः लिमिटेडमा आबद्ध भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले त्रिभुवन
विमानस्थल परिसरमा आयोजित एक कार्यक्रममा सेवाको शुभारम्भ गर्दै विमानस्थलमा पहिलो
पाइला राख्ने विदेशी पर्यटकलाई मुलुकको पहिचान उच्च राख्न सेवा प्रभावकारी हुने
विश्वास व्यक्त गरे ।
सरकार, व्यवसायी र ट्याक्सी चालक/मजदुरको लामो समयदेखिको अत्याधुनिक
सुविधासम्पन्न ट्याक्सी सेवा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन
गर्ने योजना अन्ततः पूरा भएको छ । यसले बेलाबेलामा यात्रु ठगिने गरेका गुनासाको
अन्त्य पनि गरेको छ ।
त्रिभुवन विमानस्थलमा दुईसय आरामदायी ट्याक्सी यात्रीको सेवामा

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता