वर्षमा पौने अर्वको कारोबार ,च्याउको गाउँ बन्यो बलम्बु
२१ पुस, काठमाडौं । बलम्बु गाविसमा वाषिर्क ७५ करोड रुपैयाँको च्याउ कारोबार हुन्छ देशभर उत्पादन हुने च्याउको ७३ प्रतिशत हिस्सा बलम्बु गाविस छ । व्यवसायिक च्याउखेती सुरु भएको थानकोटनजिकै बलम्बुका अधिकांश कृषकले यही पेसालाई जीवन धान्ने आधार बनाएका छन् । नेपालमै पहिलो पटकव्यवसायिक च्याउखेती सुरु भएको र त्यसैले यो गाउँलाई ‘च्याउ गाउँ’ भनेर चिनिन्छ ।
। स्थानीय ‘बलम्बु च्याउ सहकारी संस्था’का अनुसार यो क्षेत्रमा करिब ३ सय घरधुरीले ३ सय रोपनीभन्दा बढी जग्गामा च्याउखेती गरिरहेका छन् ।बलम्बुका कृषकले ०३७ देखि गोब्रे र ०४१ देखि कन्ये च्याउको खेती गर्दै आएका छन्
व्यवसायिक कीट विकास निर्देशनालयका अनुसार ६२ जिल्लामा विभिन्न थरीका करिब २५ लाख किलो च्याउ उत्पादन हुन्छ । त्यसको ७३ प्रतिशत अर्थात १८ लाख २५ हजार किलो च्याउ बलम्बुमै उमि्रन्छ । यहाँ कन्ये, गोब्रे, सिताकेलगायतका जातका च्याउको खेती हुने गरेको छ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता