विश्व हिन्दू बन्दै छ.

विश्व हिन्दू बन्दै छ....

हामी हिन्दूहरू पुनर्जन्ममा विश्वास गर्छौं | कर्ममा विश्वास गर्छौं | स्वर्ग-नर्कमा विश्वास गर्छौ | धर्ममा विश्वास गर्छौं | मानव धर्ममा, प्राणी धर्म मा, प्राकृतिक धर्ममा | त्यसैले हाम्रो लागि संसारको हरेक वस्तु पूजनीय छ | रुख, ढुंगा, चरा, पशु, सूर्य, तारा र हरेक वस्तु | विश्वको हरेक वस्तुमा परमात्माको निवास छ भन्ने कुरामा शंका गर्दैनौं | पानीको धर्म चिसो हुनु, आगोको धर्म तात्तो हुनु, धरती धर्म गह्रौ हुनु जस्तै हिन्दूहरूको धर्म 'सबै'लाई सम्मान गर्नु हो | असलमा, आधुनिक समाजले खोजेको र रोजेको जीवन पद्यति नै हिन्दूत्व हो | आजको विश्व हिन्दूत्वतिर उन्मुख छ | विश्वको प्रत्येक कुनाबाट हिन्दूत्वको मांग उठिरहेको छ | हरेक चिन्तनशील मान्छेले मान्छे भएर बाच्नका लागि 'हिन्दू' नै बन्नु पर्ने अनिवार्यतालाई स्वीकार गरिसकेको छ |

असलमा, आजभोली सम्पूर्ण मानवसमाज धर्म र पन्थको द्वन्दमा फसेंको छ | पन्थका अनुयायीहरू आफ्नो धार्मिक किताव बोकेर संसारमा पन्थ लाद्ने प्रयत्न गरिरहेका छन् | कुरान लाद्न प्रयत्नशील छन् | बाइबल बोकाउन आतुर छन् | मान्छेलाई मानिसबाट धार्मिक बनाउने प्रयत्न गरिदै छ | हिन्दूहरू धर्मको कुरा गर्छन् तर पन्थहरू सम्प्रदायको | द्वन्द्व यही छ | क्रिश्चियनहरूले बाइबल बोकेर विश्वलाई परिवर्तन गर्ने प्रयत्न गरिरहेका छन् भने मुस्लिमहरू कुरान बोकेर | समस्या यही हो | हिन्दूहरूले धार्मिकता सिकाउँछन्, मानवता सिकाउँछन्, स्वीकार्यता सिकाउँछन् |

संसारको आवस्यकताले मान्छेलाई हिन्दू बनेर जिउन प्रेरित गरिरहेको छ भने मुस्लिम र क्रिस्चियनहरूले किताव बोकेको 'एकलकाटे' विश्व बनाउन लागि पर्रेका छन् | आज अमेरिका र युरोपको आधि जनसंख्या बैचारिक रूपमा हिन्दू वनिसकेको छ | साम्प्रदायिक दासत्वबाट उन्मुक्ति प्राप्त गरिरहेको छ | बाइबलको एकलकाटे विचारलाई निराकरण गरिसकेको छ | कुरान र बाइबलको प्रतिकार गरिरहेका छन् | विश्व हरेकपल हिन्दूत्वलाई अंगिकार गर्न आतुर छ र हिन्दूत्वको परिचय विना नै हिन्दूत्व स्वीकार्य बनिरहेको छ |

आफ्नै उत्पत्ति थलोबाट तिरस्कार भएको क्रिश्चियन पन्थले त्यहाँ आफ्नो औचित्य गुमाएपछि, जनतालाई गुमराह गर्न नेपाल छिरेको छ | आफ्नो औचित्यहिन चिन्तन र पद्यतिलाई पैसाको बलमा बेचिरहेको छ | निर्धनता, अशिक्षा, जातीय विविधता र सांस्कृतिक विविधता भएको नेपाली चेतनालाई एकापसमा लडाएर 'बाइबल' परोसी रहेका छन् | पाश्चात्य देशमा आफ्नो प्राकृतिक मृत्युसंग लडिरहेको क्रिश्चियन पन्थले निर्धनता र डलरको बुइ चढेर नेपालमा छिरेको छ |

नेपाली समाज डलर-प्रेमीहरूको कुत्सित परिवर्तनको बलिको बोको बनिरहेको छ | नेपालमा आस्था परिवर्तन भइरहेको छ | अचम्मको कुरा त के भने सम्पूर्ण विश्व हिन्दू बन्न आतुर भइरहेको बेला ८२% हिन्दूहरू भएको नेपाललाई डलरवादीहरूले क्रिश्चियन बन्न प्रेरित गरिरहेका छन् | नेपालीहरू क्रिश्चियन बनिरहेका छन् | आइएनजीओ र एनजीओकोका माध्यमबाट दान दिएर नेपालीलाई अकर्मण्य पस्किदै छ | परजीविता आरोपित गरिदै छ | यस्तो कामका अगुवाहरू दूर्भाग्यवस ब्राह्मण नै छन् |

पास्टर नारायण शर्माको डलरले नेपाली मिडियाहरू किनिएको छ | आत्मिक-यात्राकानाममा यिनले नेपालीहरूलाई गुमराह बनाई रहेका छन् | अत: यिनलाई चिनौं रबौद्धिक प्रतिकार गरौ |

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता