ओलीको प्रस्तावमा सभाध्यक्षमा नेम्वाङको उम्मेदवारी दर्ता
काठमाडौं,फागुन ६आज हुन लागेको संविधानसभा अध्यक्षको निर्वाचनका लागि एमालेका नेता सुवासचन्द्र नेम्वाङले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । एमाले नेता केपी शर्मा ओलीको प्रस्ताव र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको समर्थनमा नेम्वाङले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
संविधानसभा सचिवालयले सहमतिय प्रक्रियाबाट अध्यक्ष चुन्न दिएको समयसिमाभित्र दलहरुले सहमति जुटाउन नसकेपछि आज बहुमतिय प्रक्रियाबाट चुनाव हुन लागेको हो । संविधानसभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार दलहरुले संविधानसभा अध्यक्षका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराउन पाउने छन् । संविधानसभा सचिवालयले उम्मेदवारीमा परेका नामहरुको अन्तिम नामावली प्रकाशन दिउँसो साढे २ बजे गर्ने र आजै बेलुका ५ बजे निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।
संविधानसभा अध्यक्षका लागि एमाले–कांग्रेसका, एमाओवादी र अन्य साना दलहरुले पनि नेम्वाङलाई नै सघाउने निर्णय गरेकाले नेम्वाङको विजय लगभग सुनिश्चित भएको छ । यसअघिको संविधानसभामा पनि समाध्यक्षको भुमिकामा रहेका नेम्वाङ अनुभवी कानुनविदका रुपमा समेत चिनिन्छन् । नरम मिजास,समन्वय गर्न सक्ने खुवी,विरोधीप्रतिको नरम नीति लगायतका गुणहरुले गर्दा विपक्षी दलहरुबाट पनि रुचाइएका उनी पहिलो संविधानसभा निर्वाचनमा निर्णयक भुमिका निर्वाह गर्न नसकेको भन्दै आलोचित हुने गरेका छन् । नेम्वाङ दोस्रो संविधानसभा निर्वाचनमा इलामबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए भने एमालेभित्र उनी केप ीओली निकट नेताका रुपमा चिनिन्छन् ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता