पाइलटबिना उड्न सक्ने जहाजको पेटेन्ट पाए नेपाली वैज्ञानिकले

 अमेरिकाको वाणिज्य मन्त्रालयले एक नेपाली वैज्ञानिकलाई ‘व्यापारिक तथा सैन्य प्रयोगका लागि बिनापाइलट उड्ने जहाज’ आविष्कारको पेटेन्ट अधिकार दिने निर्णय गरेको छ ।
राजधानीको चावहिलमा बस्दै आएका मोरङ विराटनगर-५, बरगाछीका ४३ वर्षका रुचितकुमार रेग्मीले यस्तो अधिकार पाएका हुन् । उनको आविष्कार ‘पाइलटलेस एयरक्राफ्ट फर कमर्सियल एन्ड मिलिटरी युज’ का लागि अमेरिकी वाणिज्य मन्त्रालयअन्तर्गतको पेटेन्ट तथा ट्रेडमार्क कार्यालयले माघ २० मा पेटेन्ट अधिकार दिने निर्णय गरेको नागरिक दैनिकमा खबर छ ।
संसारकै सबैभन्दा प्रतिष्ठित र पेटेन्ट अधिकार लिन गाह्रो मानिने अमेरिकी सरकारको पेटेन्ट तथा ट्रेडमार्क कार्यालयले रेग्मीलाई उनको आविष्कार जाँच गरेपछि पेटेन्ट जारी गर्ने निर्णय गरिएको र यसमा कसैको पनि दाबी-बिरोध नलाग्ने बेहोराको पत्र पठाएको छ । रेग्मीले उपलब्ध गराएको उक्त पत्रमा उनलाई आफ्नो अधिकारको पेटेन्ट अधिकार प्रमाणपत्र लिन तीन महिना म्याद दिइएको छ ।
रेग्मीले तीन महिनाभित्र तोकिएको शुल्क बुझाएर आफ्नो अधिकार सुरक्षित गरिसक्नुपर्छ । सबै शुल्क बुझाएपछि उनले आगामी २० वर्षका लागि उक्त अधिकार पाउनेछन् ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्

धेरै धेरै धन्यबाद छ हजुर लाइ यो पोस्ट पढी दिनु भएकोमा आगामी दिन मा आउदै गर्नु होला हजुर को पनि कथा कबिता मुक्कत छन् भने हामीलाई पठाउन नभुल्नु होला धन्यबाद म सबिता